२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

मुगुमा १ वर्षदेखि चिकित्सक विहीन डाक्टर नहुँदा सुत्केरीले सास्ती भोग्दै

Logo
प्रकाशित बिहिबार, भाद्र ०२, २०७९

(ABC-Sanchar)
मुगु । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले एक वर्षदेखि चिकित्सकविहीन रहेको मुगुमा विशेषज्ञ डाक्टर पठाएको छ ।

विशेषज्ञ चिकित्सक अभावका कारण मुगुका सुत्केरीले सास्ती भोग्दै आएका थिए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा. मङ्गल रावलका अनुसार डा. जीतेन्द्र कँडेलले छोडेपश्चात् प्रतिष्ठानले पठाएका विशेषज्ञ डा. सिद्धार्थ खातीले दुई वर्ष सेवा दिएका थिए । उनले छोडेपछि मुगु विशेषज्ञ चिकित्सकविहीन थियो र बिरामी मारमा परेका थिए ।

‘अस्पताल चिकित्सकविहीन हुँदा त्यहाँका सात सुत्केरीलाई हेलिकप्टरबाट बाहिर पठाउनु पर्‍यो । यही समस्या समाधानका लागि स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसी, स्वास्थ्य सचिव डा. रोशन पोख्रेल, प्रजिअ रोमबहादुर महतलगायतको पहलमा बुधबार डा. सुरेन्द्र शाक्यलाई पठाएर सेवा दिन थालिएको छ ,’ उनले भने ।

डा. शाक्यको उपस्थितिले आकस्मिक र जटिल खालका रोगको उपचारका लागि हेलिकप्टरबाट उद्धार गर्नुपर्ने सङ्कट हट्ने उनले बताए ।

उपकुलपति डा. रावलका अनुसार प्रतिष्ठानका बायोमेडिकल इन्जिनियर अर्जुन सिंह नेतृत्वको टोलीले बुधबार नै जिल्ला अस्पतालका सम्पूर्ण उपकरण मर्मतसम्भार थालेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि गरेको छ । निगमले शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको बैठकले प्रतिलिटर पेट्रोलमा  १७ रुपैयाँ, डिजेल र मट्टीतेलमा २५/२५ रुपैयाँ प्रतिलिटर मूल्यवृद्धि गरेको हो । यस्तै, […]

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेका छन्। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार श्रम मन्त्री साहको कामकाजबाट प्रधानमन्त्री सन्तुष्ट छैनन्। ‘श्रम मन्त्रीजीलाई पदबाट हटाएर नयाँ मन्त्री बनाउने तयारीमा प्रधानमन्त्रीज्यू हुनुहुन्छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपा उम्मेदवार रहेका साह महोत्तरी २ बाट निर्वाचित […]

दाङ । कोइलाबास साविकको राप्ती अञ्चल छँदाखेरि अञ्चलका पाँच जिल्लाका बासिन्दाले नून खाने एउटामात्र नाका थियो कोइलावास । यो हाल दाङको देउखुरीमा गढवा गाउँपालिका वडा नम्बर – ८ मा पर्दछ । त्यहीँ नजिकै नेपाल प्रहरी चौकी छ अलिकति उतापट्टी सशस्त्र प्रहरी पनि छ । त्यहीँ रहेको सार्वजनिक सौचालय हेरिसक्नुको छैन । फ़ोहोरको डम्पिङ साइट नै […]

error: Content is protected !!