२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सल्यानमा पानी भनेर एसिडले मुख धुदा १ जना घाईते

Logo
प्रकाशित बिहिबार, भाद्र ०२, २०७९


ABC (क्राईमबिट)
सल्यान । बुधबार दिउँसो १२ बजेतिर पानी भनेर एसिडले मुख धुदा रोल्पा रुन्टिगढी गाँउपालिका घर भई हाल कुमाख गाँउपालिका २ खारखोलास्थित जयराम बुढाथोकीको घरमा बस्दै आएका ५३ बर्षिय बिर बहादुर घर्ती घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानकाप्रहरी प्रमुख डिएसपी सुमित खड्काले जानकारी दिए ।

डिएसपी खड्काका अनुसार बुढाथोकी ५/६ महिनादेखि रेजिन एण्ड टप अप खोटो संकलन कम्पनीमा काम गदै आएका थिए । उनको एसिडले मुख धुदा टाउको र मुख जलेको छ । घाईते घर्तीको रुकुम पश्चिमे चौरजहारीको मिसन अस्पतालमा उपचार भैरहेको अस्पताललाई उद्धत गर्दै प्रहरीले जनाएको छ ।

साथै ३ लिटर एसिड समेत प्रहरीले बरामद गरेको छ । उक्त घटनापछि जिल्लाका विभिन्न स्थानबाट एसिड नियन्त्रणमा लिने काम भएको डिएसपी खड्काले जानकारी दिए । मंगलबार मात्रै सल्यानमा आफ्नै दाइले एसिड प्रहार गर्दा तिन जना घाईते भएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]