२९ माघ २०८१, मंगलबार
11-02-2025 , Tue
×

सल्यानमा पानी भनेर एसिडले मुख धुदा १ जना घाईते

Logo
प्रकाशित बिहिबार, भाद्र ०२, २०७९


ABC (क्राईमबिट)
सल्यान । बुधबार दिउँसो १२ बजेतिर पानी भनेर एसिडले मुख धुदा रोल्पा रुन्टिगढी गाँउपालिका घर भई हाल कुमाख गाँउपालिका २ खारखोलास्थित जयराम बुढाथोकीको घरमा बस्दै आएका ५३ बर्षिय बिर बहादुर घर्ती घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानकाप्रहरी प्रमुख डिएसपी सुमित खड्काले जानकारी दिए ।

डिएसपी खड्काका अनुसार बुढाथोकी ५/६ महिनादेखि रेजिन एण्ड टप अप खोटो संकलन कम्पनीमा काम गदै आएका थिए । उनको एसिडले मुख धुदा टाउको र मुख जलेको छ । घाईते घर्तीको रुकुम पश्चिमे चौरजहारीको मिसन अस्पतालमा उपचार भैरहेको अस्पताललाई उद्धत गर्दै प्रहरीले जनाएको छ ।

साथै ३ लिटर एसिड समेत प्रहरीले बरामद गरेको छ । उक्त घटनापछि जिल्लाका विभिन्न स्थानबाट एसिड नियन्त्रणमा लिने काम भएको डिएसपी खड्काले जानकारी दिए । मंगलबार मात्रै सल्यानमा आफ्नै दाइले एसिड प्रहार गर्दा तिन जना घाईते भएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल प्रहरी प्रधान कार्यालय,नक्साल काठमाण्डौका प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी टेक प्रसाद राईद्वारा दाङ राप्‍ती गाँउपालिका वडा नं. ५ स्थित ईलाका प्रहरी कार्यालय सिसहनिया दाङको परिसरमा नव-निर्मित कार्यालय भवनको समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ । उक्त समुद्घाटन कार्यक्रममा प्रमुख अतिथि एआईजी राईद्वारा ईलाका प्रहरी कार्यालय सिसहनियाको अवलोकन निरीक्षण गर्नुका साथै प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको मातहत समेतबाट सम्पादन गरिएका कार्यसम्पादनहरुको समिक्षा एवं आगामी कार्ययोजना सम्बन्धि छलफल गरीएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्की लागायत बाँके जिल्ला मातहत प्रहरी इकाई प्रमुखहरुको उपस्थिती रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

  काठमाडौं । मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूले ‘ठमेलमा प्रहरीमाथि कुटपिट गर्ने अखिल नेता कमलराज जोशीलाई उन्मुक्ति दिइएको’ विषयमा प्रश्न गर्दा एसएसपी अधिकारीले भने, ‘हामीलाई पार्टीसँग कुनै सरोकार छैन।’ उनले घटनामा संलग्न पाँच जनामाथि अनुसन्धान अघि बढाइएको र थप संलग्नता देखिए ‘एक हजार प्रतिशत कारबाही’ गरिने प्रतिबद्धता जनाए। गत बिहीबार नेकपा […]

error: Content is protected !!