०३ आषाढ २०८२, बुधबार
18-06-2025 , Wed
×

बिरगंज भन्सारको नाकाबाटै भोला फैयाज सुरेन्द्रको प्रहरीसंगको सेटिङमा धमाधम तस्करी

Logo
प्रकाशित शुक्रबार, भाद्र ०३, २०७९

ABC (क्राईमबिट)

पर्सा । बिरगंजको मुख्य भन्सार नाकाबाटै तस्कर समूहले निर्वाध रुपमा करोडौँ मूल्यका सामान भित्र्याइरहेका छन् ।

प्रहरीसँगको मिलेमतोमा तस्करसमूहले तस्करीका सामान भित्र्याउन मुख्य नाकालाई नै प्रयोग गरिरहेको भेटिएको हो ।

अहिले दैनिक रुपमा रिक्सा, अटो, टेम्पु, मोटरसाइकल तथा साइकलबाट मुख्य नाका हुँदै तस्करीका सामान निर्वाध वीरगञ्ज भित्रिरहेको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीकै संरक्षणमा यसरी तस्करी गर्नेहरुमा भोला, फैयाज र सुरेन्द्रको समूह रहेको स्रोतको दावी छ ।

उनीहरुले त्यहाँ खटिने नेपाल प्रहरीको युनिटदेखि अपराध अनुसन्धानको टोली, क्विक रेस्पोन्स टिम, इनरुवा प्रहरी चौकी, ससस्त्र प्रहरी पोष्टदेखि जिल्लाका सुरक्षा प्रमुखसम्मलाई नजराना बुझाएर निर्वाध तस्करी धन्दा चलाइरहेको स्रोत बताउँछ ।

यसरी भित्र्याइएको सर्टिङसुटिङ, लत्ताकपडा, मेसिनरी पार्टपुर्जा, दैनिक उपभोग्य वस्तु ट्रान्सपोर्ट तथा अन्य विभिन्न माध्यमबाट देशका विभिन्न स्थानमा पुर्याउने गरिएको छ ।

सानासाना झोला जाँच गर्ने सुरक्षाकर्मीले तस्करीका सामान आउँदा भने देखे पनि नदेखेझै गरेर आँखा चिम्लिदिँदा तस्करीका सामान निर्वाध भित्रिने गरेको हो ।

मुख्य नाका हुँदै वीरगञ्ज बजारसम्म आइपुग्न सुरक्षाकर्मीको ४ ओटा घेरा पार गर्नु पर्छ । तर यो घेरामा खटिने सुरक्षाकर्मीले तस्करहरुको सामान समात्नुको सट्टा उल्टै स्कटिङ गरेर सम्बन्धित स्थानसम्म पुर्याउने गरेको भेटिएको छ ।

यस बारेमा सुरक्षाकर्मीको जिल्ला नेतृत्वलाई जानकारी नभएको होइन । जानकारी भएर पनि तस्करहरुबाटै नजराना लिएकाले नियन्त्रणमा लिनुको सट्टा सम्बन्धित ठाउँसम्म पुर्‍याउन सुरक्षा दिन उल्टै निर्देशन दिने गरिएको छ ।

प्रहरीले कहिलेकहीँ ट्रकसहित सामान नियन्त्रणमा लिएको भनेर प्रचार गर्ने गरेको छ । तर त्यसमा पनि प्रहरीसँगको वार्गेनिङ नमिल्दा सामान नियन्त्रणमा लिने गरेको स्वंय व्यापारीहरु नै बताउँछन् ।
दिशा निर्देशनबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हाम्रो घर परिवार समाज जहाँ पनि कालो चिया पिउन एकदमै मन पराइन्छ प्राय बिहान र साँझको चिया पिउनु अनिवार्य जस्तै हुन्छ । तर के तपाईंलाई थाहा छ ? केही व्यक्तिहरुका लागि साँझको चिया पिउनु स्वास्थ्यका लागि एकदमै धेरै नोक्सानदायक हुन सक्छ । डाक्टर तथा विशेषज्ञको भनाईअनुसार अनिद्राको शिकार र अत्यधिक तौल भएका व्यक्तिले […]

चितवन । नेपाल प्रहरी संगठनमा प्रहरी जवान पदमा भर्ना भई उमेर हदको आधारमा अनिवार्य अवकाश निवृत्त भई जान लाग्नु भएका पूर्व प्रहरी नायव निरीक्षक उपेन्द्र बहादुर बानियालाई यस कार्यालयका कार्यालय प्रमूख प्रहरी उपरीक्षक गोबिन्द पुरीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमका बीच बिदाई गर्नुभएको छ । साथै उहाँले पवित्र प्रहरी संगठनमा ईमान्दारी बफादारीका साथ कर्तब्यनिष्ठ भई सेवा […]

कैलाली । कारागारमा बेहोस भेटिएका कैदीको मृत्यु भएको छ। सोमबार राति साढे १० बजे कारागारमा अचेत अवस्थामा भेटिएका डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरीश पालीको मृत्यु भएको कैलाली कारागारले जनाएको छ। बैंकिङ कसुरका आरोपी पाली सोमबार राति अचेत अवस्थामा भेटिएका थिए। लगत्तै उनलाई सेती प्रादेशिक अस्पताल लगिएकोमा उपचारका क्रममा राति नै मृत्यु भएको हो। […]

error: Content is protected !!