२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

कर्णाली अस्पतालका डाक्टरमाथि कर्मचारीबाट कुटपिट कारण यस्तो ?

Logo
प्रकाशित शनिबार, भाद्र ०४, २०७९

(ABC-Sanchar)
सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पताल जुम्लाका एक जना चिकित्सकमाथि कुटपिट भएको छ ।

अस्पतालको आकस्मिक विभागमा कार्यरत डा। करण साहलाई प्रतिष्ठानकै प्रशासनतर्फका कर्मचारी धनबहादुर शाहीले कुटपिट गरेका हुन् ।

प्रतिष्ठानकै कर्मचारी शाही छोराको टाँका काट्न भन्दै इमरजेन्सी विभागमा पुगेको र तत्कालका लागि बिरामी हेर्न व्यस्त रहेको जनाउँदै डा. साहले बिहान ११ बजेका लागि बोलाएका थिए । सोही विषयमा उनीहरूबिच विवाद हुँदा शाहीले डाक्टरमाथि हातपात गरेको नेपाल चिकित्सक सङ्घ जुम्ला जनाएकाे छ ।

सीसीटीभी फुटेजमा चिकित्सकमाथि हातपात भएको प्रस्टै देखिन्छ । कर्मचारीले डिउटीमा रहेका चिकित्सकमाथि हातपात गर्न गल्ती हो । घटनाबारे प्रहरीले छानबिन गरिरहेको छ ।

डा. साहले आफूमाथि हातपात गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । पीडित चिकित्सकले निवेदनसँगै सीसीटीभी फुटेज पनि प्रहरी प्रशासन कार्यालयमा पेस गरेका छन् । कर्मचारी शाहीलाई नियन्त्रणमा लिएर अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

घटना बिहीबारको भए पनि डाक्टर साहमाथि कुटपिट गरेको भिडियो भने शुक्रबार बेलुका सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । उक्त भिडियो शेयर गर्दै चिकित्सक कुट्ने कर्मचारीलाई कारबाही गर्नुपर्ने माग गरिएको छ । शाहीको कुटाइबाट डा. साहको टाउको र पेटमा चोट लागेको छ ।

शिक्षण अस्पतालका स्वास्थ्यकर्मी तथा चिकित्सकहरूले डा. साहमाथि कुटपिट गर्ने कर्मचारीलाई कारबाहीको माग गर्दै आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरेका छन् । उनीहरूले विज्ञप्ति जारी गर्दै आइसियु, इमरजेन्सी र एनआईसीयू बाहेकको सबै सेवा बन्द गर्ने चेतावनीसमेत दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]