२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

अरुको फेसबुक ह्याक गरेर पैसा माग्ने ३ जना युवाहरू सुनसरीबाट पक्राउ

Logo
प्रकाशित शनिबार, भाद्र ०४, २०७९


ABC (क्राईमबिट)
सुनसरी । फेसबुक अकाउन्ट ह्याक गरेर ठगी गरेको आरोपमा सुनसरी प्रहरीले झापाको भद्रपुरबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका–६ घर भएका १९ वर्षका आशिष विष्ट, १९ वर्षीय प्रवीण राजवंशी र १८ वर्षका भावेश राजवंशी छन् ।

सुनसरीको इटहरी उप–महानगरपालिका वडा नम्बर–२ बस्ने डिल्लीबहादुर राउतको अकाउन्ट ह्याक गरेर उनीहरुले रकम ठगेको अनुसन्धानबाट थाहा भएको छ । फेसबुक अकाउन्ट ह्याक गरेर आरोपीहरुले पीडितको म्यासेन्जरबाट पीडितकै साथीहरुलाई आफु ‘समस्यामा परेको’ भनेर म्यासेज पठाएर ठग्ने गरेको जिप्रका सुनसरीका डिएसपी राजकुमार राईले बताए ।

म्यासेन्जर दुरुपयोग गरेर आरोपीहरुले इसेवा आईडीमा रकम पठाउन आग्रह गरेर ठग्ने गरेका थिए । भदौ १ मा झापाको भद्रपुरबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय सुनसरीले उनीहरुबारे अनुसन्धान गरिरहको छ । सफ्टवेयर बनाएर सामाजिक सञ्जालमा ‘ब्युटी कन्टेस्ट’ मा भोट दिन आग्रह गरेर पीडितलाई झुक्याएर अकाउन्टमा अनधिकृत प्रवेश गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

फेसबुकको पासवर्ड चोरी गरेर आरोपीहरुले बिरामी भएको बहना बनाएर रकम माग्ने गरेका थिए । उनीहरुले अहिलेसम्म २५ वटा अकाउन्ट ह्याक गरेर २ लाखभन्दा बढी रकम ठगेको अनुसन्धानबाट थाहा भएको डिएसपी राईले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।