२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

समाचारको प्रभाव कपिलवस्तुमा सालको काठसहित एक जना पक्राउ

Logo
प्रकाशित आइतबार, भाद्र ०५, २०७९

ABC (क्राईमबिट)
कपिलवस्तु । वन कर्मचारी र सशस्त्र प्रहरीको टोलीले छुट्टा छुट्टै २ स्थानमा छापा हानेर एक जना व्यक्तिसहित ७७ दशमलव ६६ क्युफीट सालको काठ बरामद गरेको छ। बाणगंगा नगरपालिका वडा नम्बर ७ मोतिपुर डाँडास्थित ३ घरमा छापा हान्दा ६६ थान चिरान काठ र ४ वटा सालका गोलियासहित एक जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा स्थानीय सुन्जु क्षेत्री रहेका छन्। पक्राउ परेका क्षेत्रीको घरबाट ३ वटा गोलिया र चिरान काठ बरामद भएको डिभिजन वन कार्यालयका प्रवक्ता तथा सहायक वन अधिकृत मनद स्यान्डील्यले बताए। सहायक वन अधिकृत स्यान्डीलयको कमान्डका मोतिपुर सव डिभिजन कार्यालयका प्रमुख बिष्णु लामिछानेसहितको टोलीले थप २ स्थानीयको घरमा छापा हानेको थियो।

‘हामीलाई घर घरमा लुकाइ रहेको काठ बारे सुराकी आयौ, हामीले सशस्त्र प्रहरीसँग समन्वय गरी छापा हान्ने काम जारी राखेका छौं’ उनले भने। मोतिपुर डाँडा क्षेत्रका विभिन्न घरहरुमा ठूलो मात्रामा अवैध काठ लुकाइ रहेको भन्ने खबर आएको सहायक वन अधिकृत स्यान्डील्यले बताए। छापा हान्ने काम अझै जारी छ। पक्राउ परेका क्षेत्रीलाई वन एने अनुसार कारबाही प्रकृयाअघि बढाइएको डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख विजयराज सुवदीले बताए।

उता कपिलवस्तु कृष्णनगर नगरपालिका १२ हरिगवा समयमाईम मन्दिरमाको पछाडी बेवारिसे (८ गोलया) ६० क्युफिट सिसौको काठ बरामद गरिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल बिओपि. कृष्णनगर, सव डिभिजन वन कार्यालय ठाकुरापुरको संयुक्त टोलीले गस्ती गर्दै जाने क्रममा बेबारिसे अवस्थामा १ लाख ८० हजार बराबरको काठ बरामद भएको हो। बरामद गरी सव डिभिजन वन कार्यालय ठाकुरापुर पठाइएको प्रहरीले जनाएको छ। किरणमान बज्राचार्यबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]