२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

कंचनपुरमा सशस्त्र प्रहरीले भन्सार छलीको सामानहरु पक्राउ

Logo
प्रकाशित आइतबार, भाद्र ०५, २०७९


ABC (क्राईमबिट)
धनगढी । कञ्चनपुर जिल्लाको दोधाराचाँदनी नगरपालिका ३ जमुनाघारीस्थित सीमा ईलाकाबाट आइतबार सशस्त्र प्रहरीले करीब १ लाख ६७ हजार रुपैयाँ बराबरको भन्सार छलीको लत्ताकपडा र प्लाष्टिकको कुर्सी बरामद गरेको छ ।

उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बिओपी देविस्थानले बरामद गरी भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यसैगरी पर्सा जिल्लाको बीरगंज महानगरपालिका १४ गण्डक चौकबाटसशस्त्र प्रहरीले करीब ५९ लाख ३४ हजार ७ सय ५८ रुपैयाँ बराबरको प्रज्ञापन पत्र विनाको विभिन्न सामान बरामद गरेको छ ।

बीरगंजबाट पथलैयातर्फ जाँदै गरेको ना ५ ख ७८२० नम्बरको ट्रकमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साले जाँच गर्दा भन्सार छलीको स्टेशनरी सामान, ब्याट्री, औषधी, प्लाई उड, एसिड फेला परेपछि उक्त सामानसहित ट्रक नियन्त्रणमा लिइएको हो ।

बरामद सामान र ट्रक आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]