२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

मिटरब्याजी विरुद्ध देशभरका स्थानीय प्रशासनमा १९ सय ३७ वटा उजुरी दर्ता

Logo
प्रकाशित मंगलबार, भाद्र ०७, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । गृह मन्त्रालयले मिटर ब्याजबारे छानविन र कारबाही गर्न गठन गरेको कार्यदलले भदौ ५ भित्र उजुरी दिन आग्रह गरेको थियो । मन्त्रालयको आह्वानपछि १९ सय ३७ वटा उजुरी दर्ता भएको कार्यदलका संयोजक सह–सचिव डा. भीष्मकुमार भुषालले रातोपाटीलाई जानकारी दिए ।

साउन २८ मा गठित कार्यदलमा प्रहरीका एसएसपी दिनेश आचार्य, उपसचिव श्रीकृष्ण पौडेल, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइराला र राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा सदस्य छन् ।

मिटरब्याजबाट पीडित भएको भन्दै सवैभन्दा धेरै उजुरी मधेशबाट सवैभन्दा धेरै उजुरी परेको छ । मधेशमा १३ सय ३० वटा उजुरी आएको कार्यदलका संयोजक डा. भीष्म कुमार भुषालले रातोपाटीलाई बताए । बागमती प्रदेशमा २ सय २ वटा र लुम्बिनी प्रदेशमा २११ वटा उजुरी परेको छ ।
प्रदेश–१ मा ९२ वटा, गण्डकी प्रदेशमा ३५, कर्णालीमा २२ र सुदुरपश्चिममा ४५ वटा उजुरी परेको छ । मुलुकभर नै मिजरब्याजीको जालो फैलिएको हुनसक्ने भन्दै प्रधानमन्त्री शेर बहादुर देउवाले सो समस्या समाधान गर्न गृहमन्त्री र सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर निर्देशन दिएका थिए । सो निर्देशनपछि कार्यदल गठन गरिएको थियो ।

मिटरब्याजको अवस्था र न्यूनीकरणको उपायबारे अध्ययन गर्न कार्यदलका सदस्यहरु फिल्डमा जाने भएका छन् । फिल्डमा गएर त्यसबारे अध्ययन गरेर प्रतिवेदन तयार गरिने संयोजक भुषालले जानकारी दिए । कार्यदललाई मन्त्रालयले १ महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिएको छ ।

नवलपरासी पश्चिमको प्रतापपुर र सुस्ता गाउँपालिकाबाट संगठित भएर आएका मिटरब्याज पीडितहरुले माइतीघरमा लगातार धर्ना दिएपछि सरकारले समस्या समाधान गर्ने पहलकदमी लिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!