२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नेपाल प्रहरीको ५ जना एसपीको सरुवा दाङमा वली र काफ्लेको काठमाडौं सरुवा

Logo
प्रकाशित बिहिबार, भाद्र ०९, २०७९

(सागर थापा)
काठमाडौं । नेपाल प्रहरीका ५ जना प्रहरी उपरीक्षक एसपी हरुको काज सरुवा भएको छ ।

प्रहरी महानिरीक्षक आईजीपी धिरज प्रताप सिंहको बुधबारको निर्णय अनुसार ५ जना एसपीको काज सरुवा भएको हो । सरुवा सूची अनुसार जिल्ला प्रहरी कार्यालय दाङको जिम्मेवारी एसपी वीरबहादुर ओलीलाई दिइएको छ ।

त्यस्तै सुरेश प्रसाद काफ्लेको अपराध अनुसन्धान विद्यालय महाराजगन्ज काठमाडौं, महेन्द्र खड्काको बागमती प्रदेश प्रहरी गण हेटौंडा मकवानपुर, सन्तोष सिंह राठौरको नेपाल प्रहरी केन्द्रिय विशेष कार्यदल काठमाडौं र खड्क बहादुर खत्रीको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा काज सरुवा गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]