२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

सरकारी युनिफममा डगी डान्स गरेर आलोचित स्वास्थ्यकर्मीहरुले मागे माफी

Logo
प्रकाशित बिहिबार, भाद्र ०९, २०७९

(ABC-Sanchar)
दाङ । कार्यालय भित्र पोशाकमै ‘डगी डान्स’ गरेपछि आलोचित बनेका स्वास्थ्यकर्मीले माफी मागेका छन् । दाङको बबई गाउँपालिकाले सञ्चालन गरेको हापुरे प्राथमिक अस्पतालमा कार्यरत कर्मचारीले ‘डगी डान्स’ गरेपछि चौतर्फी आलोचना भएको हो ।

विप्लवसहितका ४ राजनीतिक दलले गरेको बन्दको दिन कार्यालयमै अस्पताल प्रमुखसंग अनुमति लिएर उनीहरुले तीज बिशेष कार्यक्रम गरेका थिए । तीज बिशेष कार्यक्रममा कार्यालयको पोशाकमै रहेका बेला अस्पतालमा कार्यरत कार्यालय सहयोगी सन्ध्या बुढाले उक्त नाच प्रस्तुत गरेकी थिइन् । त्यो नाच प्रिङ्का वलीको मोवाईलमा खिचिएको थियो । प्रिङ्काले त्यसलाई आफ्नो टिकटकमा राखेपछि उनीहरुको चौतर्फी आलोचना भएको छ ।

त्यसपछि त्यो टिकटक सामाजिक सञ्जालमा भाइरल भयो । धेरै टिकाटिप्पनी भएपछि स्वास्थ्यकर्मीहरुले सामूहिक रुपमा माफी मागेका छन् । बिहीबार उनीहरुले टिकटकबाटै माफी मागेका हुन् । उनीहरुले गीत र भिडियो भुलबस पोष्ट भएकोमा माफी मागेका हुन् । सामाजको आफ्नो दायित्व नभुल्ने र मर्यादामा रहेर सेवा गर्ने जिम्मेवारीबाट आफूहरु बिमुख नभएको उनीहरुको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।