(ABC-Sanchar)
काठमाडौं । महानगरपालिकाका मेयर बालेन्द्र शाह डोजर लिएर त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय पुगेका छन्।
अवैध संरचना हटाउने अभियानअन्तर्गत मेयर शाह शुक्रबार दिउँसो डोजरसहित त्यहाँ पुगेका हुन् ।
महानगरले ३५ दिने सूचना जारी गरेर अवैध संरचना हटाउन निर्देशन दिएको थियो । तर, त्यसको कार्यान्वयन नभएपछि मेयर साह आफैं फिल्डमा खटिएर डोजर चलाउन थालेका छन् ।