२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

अपराध अनुसन्धानलाई नियन्त्रणमा लिन २५ हजार सीसीटीभी आवश्यक आईजीपी सिंह

Logo
प्रकाशित शुक्रबार, भाद्र १०, २०७९

ABC (क्राईमबिट)
काठमाडौँ । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले काठमाडौं उपत्यकामा थप २५ हजार सीसीटीभी आवश्यक रहेको बताएका छन् । प्रहरी प्रशिक्षण प्रतिष्ठानमा बुधवार आयोजित उपत्यका स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा बोल्दै आइजीपी सिंहले भने– ‘अहिले उपत्यका प्रहरी कार्यालय मातहत ५ हजार मात्र सीसीटीभी छ, अपराध अनुसन्धान गर्न त्यो अपुग छ ।

अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन उपत्यकामा २५ हजार क्लोज सर्किट टेलिभिजन (सीसीटीभी) थप्नुपर्ने आइजीपी सिंहले बताए । आर्थिक अपराध र साइबरसँग सम्बन्धित अपराध बढेको जानकारी दिँदै प्रहरी प्रमुख सिंहले भने–‘साइबर सम्बन्धी मुद्दा काठमाडौंको अदालतमा मात्र सुनुवाई हुने हुनाले पीडित मर्कामा परेका छन् ।’

दार्चुला र ताप्लेजुङमा साइबरबाट पीडित भएकाहरु पनि न्यायिक प्रक्रियामा काठमाडौं आउनुपर्ने हुनाले समस्या सिर्जना भएको सिंहले बताए । महान्यायाधिवक्ता खम्मबहादुर खातीले सो समस्या समाधान गर्न ७७ वटै जिल्ला अदालतमा साइबर अपराध विरुद्धको मुद्दा दर्ता गर्नेगरी ऐन संशोधन गरिने बताए ।

अनुसन्धान अधिकृतहरु आफ्नो अधिकार प्रयोग गर्न हिच्किचाउन पर्ने र जाहेरी आउनासाथ आरोपी पक्राउ गर्नुपर्ने बाध्यात्मक अवस्थामा रहेको आइजीपी सिंहले बताए । उनले प्रश्न गरे–‘यस्तो अवस्था किन आइरहेको छ ?’

आइजीपी सिंहले निर्धक्क र निर्भय भएर अनुसन्धान गर्न निर्देशन दिँदै भने– ‘जनतालाई न्याय दिनका लागि आफ्नो अधिकार प्रयोग गर्न हिच्किचाउन पर्दैन ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]