२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बिराटनगरमा ब्राउन सुगर कारोबार गर्ने ६ जना पक्राउ

Logo
प्रकाशित शनिबार, भाद्र ११, २०७९

ABC (क्राईमबिट)
विराटगनर । कोठा भाडामा लिएर लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)को कारोबार गर्ने गिरोह विरा upटनगरमा सक्रिय रहेको पाइएको छ ।

भारतबाट लुकाईछिपाई ल्याएको ब्राउन सुगर भाडाको कोठामा राखेर लागुऔषधका प्रयोगकर्तालाई बिक्री गर्ने गरेको खुलेको हो । ब्राउन सुगरको किनबेचमा संलग्न महिलासहित ६ जना पक्राउ परेका छन् ।

विराटनगर महानगरपालिका-१४ का विपिन शर्माको घरमा डेरा बस्ने सुनसरीको रामधुनी नगरपालिका-८ की २७ वर्षीया शरस्वती गुरुङले भाडाको कोठाबाट ब्राउन सुगरको कारोबार गर्ने गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

कोठाबाट १४ ग्राम ६१ मिलिग्राम ब्राउन सुगर र किनबेचका क्रममा तौल लिन प्रयोग गरिने डिजिटल तराजु बरामद भएको छ । प्रहरीले गुरुङसहित ६ जनालाई पक्राउ गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]