२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

दाङ प्रहरीले थुनुवा छुटाईदिने भन्दै ५० हजार घुस लिने व्यक्ती पक्राउ

Logo
प्रकाशित आइतबार, भाद्र १२, २०७९

ABC (क्राईमबिट)
दाङ । थुनुवा छुटाईदिने भन्दै घुस लिने एक जनालाई दाङ प्रहरीले पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय दाङमा रहेका थुनुवा छुटाईदिने भन्दै उनीहरूका अभिभावकसँग घुस रकम लिने तुलसीपुर उपमहानगरपालिका ८ का २० बर्षीय प्रतिक बस्नेतलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
जिल्ला प्रहरी कार्यालय दाङमा रहेका थुनुवाहरू छुटाईदिने भन्दै अभिभावकसँग ५० हजार घुस लिने बस्नेतलाई प्रहरीले प्यूठानकाे बिजुवारबाट पक्राउ गरेकाे हाे ।
सार्वजनिक अपराधमा २३ दिनसम्म थुनामा रहेका बस्नेतले थुनुवामा रहदा चिनजान भएका साथीहरूसँग उनका अभिभावकहरूकाे नम्बर लिएकाे र अभिभावकलाई फाेन गरेर म जिप्रका मुद्धा फाँटबाट हाे, नगद रकम दिएपछि छुटाईदिने भन्दै ५० हजार लिएकाे जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख एसपी राजन गाैतमले जानकारी दिनुभयाे । अभिभावकलाई बाेलाएर जिप्रका नजिकैकाे हाेटलमा बसेर रकम लिएर फरार भएका बस्नेतलाई शनिवार पक्राउ गरेकाे गाैतमले बताउनुभयाे । पक्राउ परेका बस्नेतलाई म्यमद थप गरि थप अनुसन्धान अगाडी बढाईने जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]