२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

एसपी वीर बहादुर वलीले दाङ जिल्ला प्रहरी प्रमुखको कार्यभार सम्हाले

Logo
प्रकाशित सोमबार, भाद्र १३, २०७९

(सागर थापा)
दाङ । नयाँ एसपी वीर बहादुर वलीले दाङ प्रहरी प्रमुखको कमाण्ड सम्हालेका छन्।

केही दिन अघि मात्र नेपाल प्रहरी प्रधान कार्यालयले ५ जना एसपीको काज सरुवा गरेको थियो।

यसअघि दाङ जिल्लामा कार्यरत एसपी सुरेश काफ्लेको अपराध अनुसन्धान बिधालय महाराजगन्ज काठमाडौं सरुवा भएपछि प्रहरी प्रधान कार्यालयले एसपी वलीलाई दाङ जिल्ला प्रहरीको कमाण्ड सम्हाल्न पठाएको हो।

एसपी काफ्लेले गए पछी दाङ प्रहरी प्रमुखको जिम्मेवारी राजन गौतमले सम्हालेका थिए ।

दाङ जिल्ला प्रहरी कमाण्ड एक÷एक वर्षमा फेरिँदै आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायलका रक्षामन्त्री इजरायल काट्जले लेबननमा आफूहरूले गरेको आक्रमण हेजबुल्लाहका लागि ठुलो प्रहार भएको बताए। बीबीसीका अनुसार उनलेे भने, ‘यदि इरानले इजरायलमा आक्रमण गरेमा कडा जवाफ दिन इजरायली रक्षा बल (आईडीएफ) पूर्ण रूपमा तयार छ।’ रक्षामन्त्री इजरायल काट्जले बुधबार लेबननमा गरिएको हमलामा २०० भन्दा बढी व्यक्ति मारिएको बताएका छन्। उनले ती व्यक्तिहरूलाई आतंकवादी भएको आरोप लगाएका छन्।

काठमाडौं । छिमेकी मुलुक भारतको उत्तर प्रदेश राज्यस्थित नोएडाका मदिरा पसलमा ग्राहकको भिड उर्लिएको छ । मानिसहरू बिहानैदेखि लाइनमा बसेर मदिरा खरिद गर्न थालेका छन् । कतिपयले त कार्टुनका कार्टुन मदिरा खरिद गरेर लगेका छन् । नोएडाको सेक्टर–१८ स्थित एक मदिरा पसल बाहिर जम्मा भएका ग्राहकको भिडमा छायाङ्कन गरिएको भिडियोमा कोही लाइन लागेर पालो कुरिरहेका, कोही मदिरा […]

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि गरेको छ । निगमले शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको बैठकले प्रतिलिटर पेट्रोलमा  १७ रुपैयाँ, डिजेल र मट्टीतेलमा २५/२५ रुपैयाँ प्रतिलिटर मूल्यवृद्धि गरेको हो । यस्तै, […]

error: Content is protected !!