३० आषाढ २०८२, सोमबार
14-07-2025 , Mon
×

नगर प्रहरीलाई दिने खाना र खाजा बापतको दैनिक भत्ता बढ्यो

Logo
प्रकाशित मंगलबार, भाद्र १४, २०७९


(ABC-Sanchar)
काठमाडौं । महानगरपालिकाले नगर प्रहरीलाई खाना र खाजाबापत दैनिक पाँच सय रुपैयाँ भत्ता दिने भएको छ। काठमाडौं महानगर कार्यपालिकाको आइतबार बसेको बैठकमा काठमाडौंका सडकमा फुटपाथ नियन्त्रणका लागि खटिएका नगर प्रहरीलाई दैनिक पाँच सय रुपैयाँ भत्ता दिने प्रस्ताव पेस भएको हो ।

यसअघि महानगरले नगर प्रहरीलाई दैनिक तीन सय रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएकोमा यसपटकदेखि पाँच सय रुपैयाँ पुर्याइएको हो । काठमाडौं महानगर प्रमुख बालेन्द्र साहले भत्ताबापतको रकम वृद्धिको प्रस्ताव पेस गर्न महानगरको प्रशासन प्रमुखलाई निर्देशन दिएका थिए ।

नगर कार्यपालिकाको बैठकमा कानुनी सल्लाहकार नियुक्ति, ३२ सै वडामा डाक्टर राख्ने प्रस्ताव पेश गरिएको छ। आइतबार बसेको बैठकमा मेयर बालेन साहले ३२ वटै वडामा वडा क्लिनिक सञ्चालनका लागि ३२ जना एमडिजिपी डाक्टर र ३२ जना नर्स करार सेवामा राख्ने प्रस्ताव गरेका थिए।

महानगरका अस्थायी कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने प्रस्ताव गरिएको छ। महानगरका सामुदायिक विद्यालयमा पूर्व प्राथमिक तहदेखि कक्षा ८ सम्म दिवा खाजाको व्यवस्था गर्ने भएको छ।

सरकारले कक्षा ६ सम्मका लागि दैनिक १५ रुपैयाँका दरले दिवा खाजाको व्यवस्था गरेको छ। महानगरपालिकाले १० रुपैयाँ थपेर २५ रुपैयाँ पुर्‍याउने भएको छ।

मेयर बालेनले वडा क्लिनिकमा एमबिबिएस गरेको डाक्टरभन्दा जनरल फिजिसियन डाक्टर राख्न सके स्वास्थ्यसम्बन्धी सरसल्लाह लिन, उपचार गर्न र कुनै समस्याको तत्काल उपचार गर्न सजिलो हुने बताए। महानगरपालिकाका वडाहरूमा हुने विकास निर्माणको अनुगमनका लागि ३२ वटै इन्जिनियर राख्ने प्रस्ताव पनि मेयर साहले राखेका छन्।

फुटपाथ तथा पार्किङ व्यवस्थापनका गर्न खटिएका नगर प्रहरीलाई प्रोत्साहन भत्ता वितरण र करारका कर्मचारीको समय थपलगायतका विषय बैठकमा पेश गरिएको थियो। यसअघि दैनिक ३ सय रूपैयाँ दिँदै आएकोमा सो रकम न्यून भएको भन्दै ५ सय दिने प्रस्ताव गरिएको छ।

त्यस्तै, महानगरपालिकाले खाद्य पदार्थको अनुगमन गर्न खाद्य निरीक्षक (फुड इन्सपेक्टर) राख्ने भएको छ । बैठकले ४ देखि ५ जना खाद्य निरीक्षक राख्ने निर्णय गरेको छ ।

बैठकमा मेयर बालेन साहले फुड टेक्नोलोजीमा स्नातकोत्तर गरेका ४ देखि ५ जना फुड इन्सपेक्टर राख्ने प्रस्ताव गरेका थिए । जसलाई कार्यपालिका बैठकले अनुमोदन गरेको हो ।

खाद्य निरीक्षकले मासु पसल र खाद्य पदार्थको पसलहरु अनुगमन गर्नेछ । बैठकले काठमाडौं महानगरपालिकाले ५ जना कानुनी सल्लाहकार राखेको छ । मेयर बालेनले डिना श्रेष्ठ, शंकर पुडासैनी, ओमप्रकाश अर्याल, महेश नेपाल र कुमारी खरेललाई कानुनी सल्लाहकारमा प्रस्ताव गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एक सुत्केरीको अस्पतालमा प्रसूति गराउन ल्याउँदा बाटोमै ज्यान गयो उदयपुर । त्रियुगा नगरपालिका–९ गैरुनकी एक सुत्केरीको अस्पतालमा प्रसूति गराउन ल्याउँदा आइतबार बाटोमै ज्यान गएको छ। प्रसूति गराउन जिल्ला असपताल आउने क्रममा २८ वर्षीया तारा गिरीको मृत्यु भएको हो। सुत्केरी व्यथा लागेपनि गिरीलाई ढिलो गरी छिमेकीले जिल्ला असपतालमा प्रसूति गराउन ल्याएका थिए। उनको अस्पताल ल्याउनुअघि नै बाटोमै […]

दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका, कार्यालय प्रमुख प्र.नि.उपेन्द्र बहादुर बम ज्यूबाट यस कार्यालय तथा मातहत पोष्ट ईन्चार्जहरु समेतलाई सेवाग्रहीहरुसँग शिष्ट,सभ्य नम्र ब्यवहार गर्नुका साथै बर्षातका कारणबाट हुनसक्ने बिभिन्न प्रकारका सवारी दुर्धटनाका बारेमा सचेतना कार्यक्रमहरु प्रभावकारी रुपले संचालन गर्ने, ट्राफिक ब्यवस्थापन तथा सवारी दुर्घटना न्यूनिकरणको लागि बिशेष रुपले परिचालन हुन भनि निर्देशन दिनु भएको।

सिरहा । जिल्लाको औरही गाउँपालिका–५ मलाह टोलका २३ वर्षीय राम उदगार मलाह ठूलो मात्रामा लागूपदार्थ गाँजासहित प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहा र प्रहरी चौकी औरहीको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा विशेष अपरेशन चलाउँदै उनलाई पक्राउ गरेको हो। पक्राउको समयमा उनी मोटरसाइकलमा गाँजा बोकेर हिँडिरहेका थिए। प्रहरीका अनुसार, राम उदगारले चलाइरहेको प्रदेश २–०१–००३ […]

error: Content is protected !!