२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

निर्दाेषलाई झुठो आरोपमा फसाउने एसपी कँडेललाई जोगाउन डिआईजी नल उपाध्याय

Logo
प्रकाशित मंगलबार, भाद्र १४, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । पश्चिम नवलपरासीका एसपी ऋषिराम कँडेलको जागिर जोगाउन गृहमन्त्री बालकृष्ण खाणदेखि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसम्म लागेका बेला जिल्लामा भने प्रहरीभित्र आन्दोलनको तयारी अघि बढेको छ ।

लेनदेनसम्बन्धी विवादमा एसपी कँडेलले निर्दाेष व्यक्तिलाई नियोजित रुपमा लागुऔषध मुद्दामा फसाएको खुलेपछि हंगामा भइरहेको छ । शनिबार सत्तारुढ नेपाली कांग्रेसकै नेताहरुले समेत पत्रकार सम्मेलन गरी आन्दोलनको चेतावनी दिएका छन् ।

पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताले एसपी कँडेलमार्फत भारतीय नागरिक रामा गुप्तालाई फसाएका हुन् । छानबिनमा सो कुरा पुष्टि भइसकेको छ । तर, एसपीको जागिर जोगाउन पक्राउ परेकालाई ५० दिनदेखि थुनामा राखिएको छ ।

उनीहरुलाई छुटाउन डिआइजी नलप्रसाद उपाध्याय नै लागेका छन् । त्यसका लागि बरामदी मुचुल्का सच्याउन उनले इन्सपेक्टर धर्म खत्रीलाई दबाब दिएका थिए । तर, आफुले गल्ती नगरेको र एसपीको आदेश मानेकाले आफुले मुचुल्का नसच्याउने उनको अडान छ ।

योजनाकार एसपीलाई जोगाएर आफुलाई फसाउन लागेको थाहा पाएपछि इन्सपेक्टर खत्रीले मुचुल्का सच्याउन नमानेका हुन् । खासमा इन्सपेक्टरलाई त्यो घटनाबारे जानकारी नभएको स्रोत बताउँछ । घटनास्थलमा पनि उनी गएका थिए ।

लागुऔषध छेउमा राखेर पक्राउ गर्न लगाउने रघुनाथ धोवी हाल पक्राउ परिसकेका छन् । उनी पाल्हीनन्दन गाउँपालिकाका कर्मचारी हुन् । अध्यक्ष गुप्ताले नै उनलाई त्यसमा प्रयोग गराएका थिए । पछि घटना बाहिर आएपछि उनलाई प्रहरीमा उपस्थित हुन लगाई सबै घटना आफैंले गरेको हो भन्न लगाई अरुलाई उन्मुक्ति दिने प्रयास भएको छ ।

गाउँपालिका अध्यक्ष गुप्ता माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् । प्रचण्डको पनि निकट भएकाले उनी नै यतीबेला सो मुद्दा डिसमिस गराउन लागिपरेका छन् । यो घटनामा प्रचण्डले गृहमन्त्रीलाई समेत दबाब दिएको स्रोत बताउँछ । तर, कांग्रेसकै देवेन्द्रराज कँडेल लगायत भने गाउँपालिका अध्यक्ष र एसपीलाई कारबाही गर्नुपर्ने पक्षमा उभिएका छन् ।
दृष्टि-न्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।