२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

म्यादी प्रहरीको भर्ना दसैंपछि ४० दिनमा ४० हजार तलब पाउने म्यादी प्रहरीले

Logo
प्रकाशित मंगलबार, भाद्र १४, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । मंसिर ४ को प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि म्यादी प्रहरीको दसैंपछि भर्ना खुल्ने भएको छ ।

दसैंको विदा सकिएपछि म्यादी प्रहरीको भर्ना प्रक्रिया थाल्ने तयारी प्रहरीले गरेको छ । यसपालि पनि प्रहरीले ४० दिनका लागि म्यादी प्रहरीको भर्ना गर्नेछ । सरकारले आइतबारै १ लाख १५ हजार म्यादी प्रहरी भर्नाका लागि सहमति दिइसकेको छ ।

म्यादी प्रहरीका लागि ५ अर्ब ८६ करोड ३९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । म्यादीले ४० दिनको तलबवापत ४० हजार रुपैयाँ पाउने छन् । त्यसमा थप ६ हजार ५ सय रुपैयाँ कपडाको पैसा पाउँने छन् ।

त्यसैगरी ३ दिनको ९ सय गरी ४७ हजार ४ सय रुपैयाँका दरले बजेट आएको छ । निर्वाचनको अघिल्लो दिन, निर्वाचनको दिन र भोलिपल्ट प्रतिदिन ३ सयका दरले खाजा खर्च पाउने भएका छन् ।

हिमाली भेगमा खटिने म्यादी प्रहरीलाई ज्याकेट किन्न थप १ हजार रुपैयाँ दिइने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]