२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

समाजमा शान्ति सुरक्षा अपराध नियन्त्रण पहिलो प्राथमिकता दाङ एसपी : ओली

Logo
प्रकाशित बुधबार, भाद्र १५, २०७९

(सागर थापा)
दाङ । भर्खरै सरुवा भएर आउनु भएका जिल्ला प्रहरी कार्यालय दाङको प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका एसपी बीर बहादुर ओलीले बुधबार बिहान् आफ्नो कार्यालयमा पत्रकारहरुसंग कुराकानीमा नयाँ कार्ययोजना तथा एजेण्डा नभएता पनि आफ्नो काम, कर्तब्यलाई प्रभावकारी एवं सृजनशील ढंगले सम्पादन गर्ने योजना रहेको बताए ।

समाजमा शान्ति सुरक्षा कायम गरि अपराध नियन्त्रण तथा रोकथाम गर्ने पहिलो प्राथमिकता रहेको दाङ एसपी ओलीले बताए । गुण्डागर्दी गर्ने व्यक्तिको निगरानी, पहिचान फरार अपराधको खोजी र कानुन बमोजिम कारबाही गर्ने कार्य योजना रहेको बताए ।

यस्तै लागू औषध कारोबार रोकथाम तथा नियन्त्रण गर्ने, चोरी तस्करी कालो बजारी तथा अवैध मदिरा नियन्त्रणका लागि अभियान नै सञ्चालन गर्ने, फरार अपराधीको खोजीलाई तीब्र बनाउने र उनीहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउने उनको योजना छ ।

यसैगरी एसपी ओलीले प्रविधि मैत्री, लैगिक मैत्री एवं नागरिकमैत्री प्रहरी सेवाको निरन्तरता, महिला हिंसाविरुद्ध अभियान लगायतका कार्यक्रम जारी राख्ने उल्लेख गरेका छन् ।

मानव अधिकारको सम्मान, संरक्षण तथा कानुनी राज्यको प्रत्याभूति, ट्राफिक व्यवस्थापनका लागि सुधार एवं सडक सुरक्षा योजना बनाइ कार्यान्वयनमा ल्याउने, चाडपर्व लक्षित विशेष सुरक्षा योजना तयार गरि कार्यान्वयन गर्ने, निर्वाचन लक्षित विशेष सुरक्षा योजना तयार गरि कार्यान्वयन गर्ने प्रहरी प्रमुख एसपी ओलीको योजना छ ।

त्यस्तै प्रहरी समुदाय साझेदारी कार्यक्रमको प्रभाव कारितालाई निरन्तरता दिने, कार्यालयका भौतिक संरचना निर्माण र संस्थागत विकास, विगतका प्रतिवद्धता र अधुरा कार्यको पूर्णता एवं निरन्तरता, प्रहरीको ब्यवसायिकता, पारदर्शिता र कुशलतामा जोड दिने उनको प्रतिवद्धता छ । पत्रकार भेटघाट कार्यक्रममा जिल्ला प्रहरी प्रवक्ता दाङका प्रहरी प्रबक्ता डिएसपी राजन गौतम प्रहरी निरीक्षक लगायत दाङ जिल्लामा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।