२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

कृषकहरुलाई डिप बोरिङ र राहत उपलब्ध गराउन सिडियोलाई नरैनापुरका अध्यक्ष शाहले दिए पत्र

Logo
प्रकाशित बिहिबार, भाद्र १६, २०७९


(ABC-Sanchar)
बाँके । सिँचाईको अभावमा खडेरी परेको नरैनापुरका कृषकहरुलाई डिप बोरिङ र राहत उपलब्ध गराउन माग गर्दै नरैनापुर गाँउपालिका अध्यक्ष इस्तियाक अहमद शाहले आज बिहिबार बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीलाई पत्र हस्तान्त्रण गर्नु भएको छ ।
नरैनापुर गाँउपालिकाको सर्वदलिय बैठकले कृषकहरुलाई राहत दिन प्रदेश र संघीय सरकार संग माग गर्ने निर्णय गरे पछि गाँउपालिकाले उक्त निर्णयलाई माग पत्र संगै राखेर प्रमुख जिल्ला अधिकारीलाई बुझाएको नरैनापुरका प्रमुख प्रशाकिय अधिकृत भरत बस्नेतले जानकारी दिनु भयो ।
प्रमुख जिल्ला अधिकारी खत्रीलाई पत्र हस्तान्त्रण गर्दै अध्यक्ष शाहले भन्नुभयो, “गत वर्षको बेमौसमी बर्षाका कारण खेतमा कृषकले लगाएको धानबाली नष्ट भएको पिडा सेलाउन नपाउदै यस वर्ष समयमा वर्षात नहुदाँ धानको बिउ खेतमा नै सुकेर नष्ट भएको बताउनु भयो ।” उहाँले भन्नुभयो गाउँपालिकामा सिचाइको व्यवस्था नहुँदा ९० प्रतिशत खेत बाँझाँे नै देखिएको छ । नरैनापुरका ९० प्रतिशत खेत बाँझाँे भए पछि पालिकालाई सुख्खा ग्रस्त क्षेत्र घोषण गरिएको बताउनु भयो ।
नरैनापुरका कृषकलाई राहत दिन माग गर्दै गाँउपालिका अध्यक्ष शाह संगै नेकपा माओबादी केन्द्रकि केन्द्रीय सदस्य एंव लुम्बिनी प्रदेश सभा सदस्य कष्ण केसी “नमूना” पनि जिल्ला प्रशासन कार्यालय पुग्नु भएको थियो । उहाँले गृह र कृषि मन्त्रालयलाई राहतको व्यवस्थापनका लागि पत्रचार गरीदिन प्रमुख जिल्ला अधिकारी संग आग्रह गर्नु भएको थियो ।
प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीले आईतबार विपत व्यवस्थापन समितिको बैठकबाट निर्णय गराएर राहतका लागि केन्द्र सरकारलाई पत्रचार गर्ने बताउनु भयो । प्रमुख जिल्ला अधिकारी खत्रीले भन्नुभयो,पानी नभएर आकाशको भरमा खेति गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्नका लागि आफूले पहल थाल्ने जिकिर गर्नु भएको थियो ।
यता नरैनापुरलाई सुख्खा क्षेत्र घोषणा गरे पछि राहतका लागि प्रदेश र संघीय सरकारका भौतिक पूर्वधार तथा यातायात मन्त्री, यूवा तथा खेलकुद मन्त्री र अर्थ मन्त्रीलाई जानकारी गराए पनि कुनै ढोस निर्णय हुन नसके पछि अर्थ मन्त्रीको सुझावमा प्रमुख जिल्ला अधिकारीलाई राहतका लागि पहल गरीदिन पत्र दिएको गाँउपालिका अध्यक्ष शाहको भनाई थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

दाङ । नेकपा (एमाले) दाङले घोराही उपमहानगरपालिकाका एक जना वडाध्यक्षलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको छ। घोराही– ४ का वडाध्यक्ष मधुसुदन घिमिरे (मुनाल) घिमिरेलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको दाङ प्रचार विभाग प्रमुख संगीत बस्यालले जानकारी दिए। चैत २३ गते घोराहीमा बसेको एमाले जिल्ला कमिटीको बैठकले पार्टीका महासचिव तथा दाङ […]

एजेन्सी । इजरायलका रक्षामन्त्री इजरायल काट्जले लेबननमा आफूहरूले गरेको आक्रमण हेजबुल्लाहका लागि ठुलो प्रहार भएको बताए। बीबीसीका अनुसार उनलेे भने, ‘यदि इरानले इजरायलमा आक्रमण गरेमा कडा जवाफ दिन इजरायली रक्षा बल (आईडीएफ) पूर्ण रूपमा तयार छ।’ रक्षामन्त्री इजरायल काट्जले बुधबार लेबननमा गरिएको हमलामा २०० भन्दा बढी व्यक्ति मारिएको बताएका छन्। उनले ती व्यक्तिहरूलाई आतंकवादी भएको आरोप लगाएका छन्।

error: Content is protected !!