२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नेपालको ऋण २० खर्ब नाघ्यो सरकारले के गर्छ अब ऋण तिर्न

Logo
प्रकाशित शुक्रबार, भाद्र १७, २०७९


(ABC-Sanchar)
काठमाडौं । नेपालको सार्वजनिक ऋणको आकार पनि निरन्तर उकालो लागिरहेको छ । गत एक वर्षमै करिब तीन खर्ब रुपियाँ ऋणको भार थपिएको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत आर्थिक वर्षसम्म नेपालको कुल सार्वजनिक ऋण २० खर्ब रुपियाँ नाघेको छ, जसमध्ये बाह्य ऋण १० खर्ब २५ करोड रुपियाँ र आन्तरिक ऋण नौ खर्ब ८६ करोड रुपियाँ रहेको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा आव २०७८/७९ मा यो ऋण करिब तीन खर्ब रुपियाँले बढी हो । आव २०७७÷७९ मा नेपालको सार्वजनिक ऋण १७ खर्ब ३७ अर्ब रुपियाँ थियो । ऋणको आकार बढ्दा कुल गार्हस्थ्य उत्पादनको अनुपातमा सार्वजनिक ऋणको हिस्सा पनि बढ्दै गएको छ ।

कार्यालयका अनुसार कुल गार्हस्थ्य उत्पादनको अनुपातमा सार्वजनिक ऋणको हिस्सा ४१.४७ प्रतिशत पुगेको छ । यस्तो अनुपात अघिल्लो आर्थिक वर्ष ४०.७२ प्रतिशत मात्र थियो । सार्वजनिक ऋणको आकारलाई जनसङ्ख्यासँग तुलना गर्दा हरेक नेपालीको भागमा पर्ने ऋण करिब ६९ हजार रुपियाँ पुगेको छ ।

तिरियो एक खर्ब १७ अर्ब

सार्वजनिक ऋण लिएबापत नेपालले गत आर्थिक वर्ष एक खर्ब १७ अर्ब ४२ करोड रुपियाँ भुक्तानी गरेको छ । यसमा साँवा र ब्याज दुवै जोडिएको छ । कार्यालयका अनुसार आव २०७८/७९ मा नेपालले ७२ अर्ब ८० करोड रुपियाँ साँवा र ४४ अर्ब ६१ करोड रुपियाँ ब्याज भुक्तानी भएको हो ।

त्यस्तै ऋणको भुक्तानी प्रवृत्ति हेर्दा नेपालले बाह्य ऋणबापत साँवा भुक्तानीलाई बढी जोड दिएको पाइन्छ । त्यस्तै आन्तरिक ऋणबापतको ब्याज भुक्तानीमा बढी खर्च भएको देखिन्छ । यसै अवधिमा नेपालले चार करोड १० लाख रुपियाँ जरिवाना तिर्नुपरेको छ ।

तोकिएको समयमा साँवा ब्याज भुक्तानी नगरेबापत उक्त जरिवाना तिर्नुपरेको देखिन्छ । यद्यपि तोकिएको समयमै साँवा ब्याज भुक्तानी गर्नेमा नेपालको स्थिति तुलनात्मक रूपमा राम्रो छ ।
तीन महिनामै डेढ खर्ब ऋण

कार्यालयका अनुसार गत आर्थिक वर्षको अन्तिम तीन महिनामा मात्रै नेपालले एक खर्ब ६६ अर्ब रुपियाँभन्दा बढी ऋण लिएको छ । आव २०७८/७९ को चौथो त्रैमासिकमा लिइएको उक्त ऋणमध्ये ४० अर्ब ३३ करोड रुपियाँ बाह्य ऋण रहेको छ ।

बाह्य ऋण डलरमा भुक्तानी हुने र डलरको भाउ उच्च रूपले बढ्दा नेपालले तिर्नुपर्ने ऋणको भार पनि बढेको कार्यालयको प्रतिवेदनमा उल्लेख छ । यसरी विनिमय दरमा भएको वृद्धिले मात्र उक्त त्रैमासिकमा नेपालले २२ अर्ब सात करोड रुपियाँ घाटा बेहोर्नुपर्ने देखिन्छ, जसले गर्दा ४० अर्ब रुपियाँको बाह्य ऋणको भार ५३ अर्ब रुपियाँ नाघेको छ ।

यो ऋणमा नेपालले उक्त अवधिमा तिरेको नौ अर्ब २२ करोड रुपियाँ साँवा भुक्तानी कटाइएको छ । त्यस्तै चौथो त्रैमासिकमा नेपालले एक खर्ब २५ अर्ब ८२ करोड रुपियाँ आन्तरिक ऋण उठाएको छ ।

सो अवधिमा आन्तरिक ऋणबापत नेपालले १८ अर्ब रुपियाँ ब्याज भुक्तानी गरेको छ । कुल आन्तरिक ऋणमा ब्याज घटाउँदा उक्त अवधिमा एक खर्ब छ अर्ब ९५ करोड रुपियाँ आन्तरिक ऋण कायम भएको छ ।

बहुपक्षीय निकायबाट धेरै

सोही अवधिमा नेपालले बहुपक्षीय निकायहरूबाट ३७ अर्ब ४३ करोड रुपियाँ ऋण लिएको छ । त्यस्तै द्विपक्षीय निकायबाट भने दुई अर्ब ८९ करोड रुपियाँ मात्र ऋण लिएको देखिन्छ ।

चौथो त्रैमासिक आर्थिक वर्षको अन्तिममा पनि पर्ने भएकाले सरकारले स्रोत जुटाउन आन्तरिक ऋण बढी उपयोग गरिएको देखिएको छ ।
उक्त अवधिमा सरकारले आन्तरिकतर्फ ५३ अर्ब ९१ करोड रुपियाँ ट्रेजरी बिलबाट र विकास बन्डबाट ७१ अर्ब ९० करोड रुपियाँ ऋण उठाएको छ । गाेरखा-पत्रबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!