२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

जेलका डनहरुसँग पैसा उठान कारागार व्यवस्थापन महानिर्देशक घिमिरेकै मान्छे

Logo
प्रकाशित शुक्रबार, भाद्र १७, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । देशभरीका जेलमा यतीबेला अवैध धन्दा चलिरहेको छ । संविधान दिवसमा कैदी छुटाउन भन्दै पैसा लेनदेन भइरहेको स्रोत बताउँछ ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक बासुदेव घिमिरेकै नाममा यस्तो चलखेल भइरहेको छ । महानिर्देशक घिमिरेको कतिपय गतिविधि पनि शंकास्पद भएको र उनको नाममा जेलमा पैसा उठाउनुलाई संयोग मात्र मान्न सकिने अवस्था छैन ।
उनै घिमिरेले केन्द्रीय कारागारमा रानीबारी हत्याकाण्डका कैदी मनराज गुरुङलाई चौकीदार बनाएका छन् । केन्द्रीय कारागारमा हालीमुहाली जमाउँदै आएको समूहकै सेटिङमा उनी चौकीदार बनेका हुन् । उनलाई घिमिरेले जेल बाहिर निस्कने अधिकार समेत दिएको कारागार स्रोत बताउँछ । महानिर्देशक घिमिरेसँग मनराजको दोस्ती भएकाले जेलर डोरेन्द्र निरौला समेत निरिह बनेका छन् ।

यही समूहले केन्द्रीय कारागारमा पसल सञ्चालनको ठेक्का हात लिएर कैदी–बन्दीमाथि शोषण गर्दै आएको छ । नियमअनुसार कैद पाएर छुट्नेलाई पनि उनीहरुले कारागार प्रशासनसँग मिलेर पैसा दिएमात्र छुटाउने गरेका छन् ।
यसअघि झुम्का कारागारमा पनि महानिर्देशक घिमिरेले चलखेलकै आधारमा चौकीदार राखेका थिए । पछि लेनदेन नमिलेपछि हाल नयाँ चौकीदार बनाउन चलखेल भइरहेको छ । यसबारे विभिन्न निकायमा उजुरी परेपछि छानबिन हुन सकेको छैन ।

यसअघि पनि निमित्त महानिर्देशक, तथा निर्देशक भएर कारागार व्यवस्थापन विभागमा बसेका घिमिरे यसपटक मागेरै त्यहाँ पुगेका हुन् । जेलभित्रको आर्थिक चलखेलमा पहिलेदेखि नै लेनदेन गर्दै आएकाले उनले यतीबेला ठूला जेलहरुमा सेटिङ चलाएका छन् । गृहमन्त्रीसम्म लाइन मिलाएको भन्दै उनले ठूला जेलहरुमा कैदीकै सरुवामा समेत पैसा लिने गरेको स्रोत बताउँछ ।दृष्टिन्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।