२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

आईजिपीद्वय सिंह र अर्याल न्यूयोर्कमा तेस्रो संयुक्त राष्ट्रसङ्घको सम्मेलनमा सहभागी

Logo
प्रकाशित शुक्रबार, भाद्र १७, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल तेस्रो संयुक्त राष्ट्रसङ्घका प्रहरी प्रमुखको सम्मेलनमा सहभागी हुनुभएको छ ।

संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा भदौ १५ देखि १७ गते (३१ अगस्ट देखि २ सेप्टेम्बर, २०२२) सम्ममा संचालन भएको तेस्रो United Nations Chiefs of Police Summit (UNCOPS) को सम्मेलनमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल , प्रहरी उपरीक्षक सविन प्रधान र सशस्त्र प्रहरी निरीक्षक केदार प्रसाद सापकोटा सहभागी हुनुभएको छ ।
उक्त सम्मेलनमा संयुक्त राष्ट्र सङ्घीय प्रहरी र अन्य कानूनसम्बन्धी प्रणाली निर्माणका साथै प्रहरीभित्र लैङ्गिक समानतालाई अगाडि बढाउने सन्दर्भमा स्वैच्छिक कम्प्याक्टको सुरुवात, प्रहरी क्षमता अभिवृद्धि गर्दै संयुक्त राष्ट्र सङ्घीय प्रहरीको कार्यसम्पादन बढाउन जारी प्रयास तथा अन्तरराष्ट्रिय शान्ति, सुरक्षा सुदृढ पार्ने एवं संयुक्त राष्ट्र सङ्घीय प्रहरीका प्राथमिकतालगायत विषयमा छलफल हुनेछ ।
सो अवसरमा प्रहरी महानिरीक्षकद्वयले अन्य देशका प्रहरी प्रमुखसँग भेटघाट गरी साझा सुरक्षाका विषयमासमेत छलफल गर्ने कार्यक्रम रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

दाङ । नेकपा (एमाले) दाङले घोराही उपमहानगरपालिकाका एक जना वडाध्यक्षलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको छ। घोराही– ४ का वडाध्यक्ष मधुसुदन घिमिरे (मुनाल) घिमिरेलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको दाङ प्रचार विभाग प्रमुख संगीत बस्यालले जानकारी दिए। चैत २३ गते घोराहीमा बसेको एमाले जिल्ला कमिटीको बैठकले पार्टीका महासचिव तथा दाङ […]

एजेन्सी । इजरायलका रक्षामन्त्री इजरायल काट्जले लेबननमा आफूहरूले गरेको आक्रमण हेजबुल्लाहका लागि ठुलो प्रहार भएको बताए। बीबीसीका अनुसार उनलेे भने, ‘यदि इरानले इजरायलमा आक्रमण गरेमा कडा जवाफ दिन इजरायली रक्षा बल (आईडीएफ) पूर्ण रूपमा तयार छ।’ रक्षामन्त्री इजरायल काट्जले बुधबार लेबननमा गरिएको हमलामा २०० भन्दा बढी व्यक्ति मारिएको बताएका छन्। उनले ती व्यक्तिहरूलाई आतंकवादी भएको आरोप लगाएका छन्।

error: Content is protected !!