२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

१४ वटा वडालाई बैंकिङ क्षेत्रको रूपमा विकास गर्छौ : लुम्बिनी मुख्यमन्त्री केसी

Logo
प्रकाशित शनिबार, भाद्र १८, २०७९

(ABC-Sanchar)
दाङ । कृषि विकास बैंक लिमिटेडले आफ्नो २९१ औं शाखाको रूपमा दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाटमा शाखा विस्तार गरेको छ । मौरीघाट शाखाको लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले उद्घाटन गरेका छन् । बैंकको उद्घाटन गर्दै मुख्यमन्त्री केसीले बैंकिङ कारोबारलाई थप सरलीकृत गर्दै आम सेवाग्राहीमा लैजाने लक्ष्य रहेको बताएका छन् । उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री केसीले बैंकको शाखा बिस्तारले अब सरकारी कारोबार गर्न सहज हुने र जनताले थप सास्ती भोग्नु नपर्ने विश्वास व्यक्त गरे । यस क्षेत्रका नागरिकलाई बैंकले सर्वसुलभ तरिकाले सेवा दिन सुझाव पनि दिएका छन् ।

त्यस्तै उनले राप्ती उपत्यका देउखुरीमा रहेको १४ वटा वडा वडालाई बैंकिङ क्षेत्रको रूपमा विकास गर्ने बताएका छन् । त्यसका लागि १४ वटै वडाले बैंक खाता समेत यसै बैंकबाट सञ्चालन गर्न सुझाव दिएका छन् । यसै बीच मुख्यमन्त्री केसीले स्थायी राजधानी क्षेत्रको जग्गा रोक्का भएको मौका छोपी केही निजी बैंकहरूले ऋणीहरूको जग्गा लिलामी प्रक्रियामा लगेकाले त्यस्तो कार्य बन्द गर्न सम्बन्धित बैंकहरूलाई मुख्यमन्त्री केसीले निर्देशन समेत दिएका छन् । यदि त्यो कार्य नरोकिए प्रदेश सरकार चुपलागेर नबस्ने समेत बताएका छन् । त्यस्तै उनले आफ्नो कार्यकालमा नेपालकै नमुना शहर बनाउने रूपरेखा तयार पार्ने समेत बताएका छन् । त्यस्तै उनले अवको ६ महिना भित्र जग्गा एकिकरणको काम समेत सम्पन्न गर्ने बताएका छन् ।

बैंकका प्रदेश कार्यालय दाङका निर्देशक गिरीराज रेग्मीको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कृषि विकास बैंकका पुर्व अध्यक्ष बामदेव घिमिरे क्षेत्री, प्रदेश पुर्वधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेल, कृषि बिकास बैंक मुख्य कार्यालयका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताव सुवेदी, अर्थ तथा सहकारी मन्त्रालयका सचिव प्रेम प्रसाद आचार्य, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापती चौधरी, पुर्व गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, वडा नम्बर ४ का वडा अध्यक्ष विरबहादुर चौधरी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । मौरीघाट शाखाका प्रबन्धक नरबदेश्वर चौधरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन बैंकका वरिष्ठ दाङ शाखा अधिकृत राजकुमार विश्वकर्माले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!