२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नगरिकको सहयोगले नै शान्ति स्थापना गर्न प्रहरी सफल हुन्छ दाङ एसपी : वली

Logo
प्रकाशित शनिबार, भाद्र १८, २०७९

(सागर थापा)

दाङ । जिल्ला उद्योग वाणिज्य संघले शनिबार जिल्ला प्रहरी कार्यालय दाङमा सरुवा भएर आएका प्रहरी प्रमुख र डिएपी संग परिचयात्मक कार्यक्रम गरेको छ ।

प्रहरी प्रमुख एसपी बिरवहादुर वली र डिएपी राजन गौतम संग परिचयात्म कार्यक्रम गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै एसपी वलीले जिल्लामा शान्ति सुरक्षा कायम गर्न सबैको सहयोग आवश्यक पर्ने बताएका थिए । सबैको सहयोगले मात्र प्रहरी सफल हुने उनको भनाइ रहेको थियो ।
‘नागरिकको सहयोगले मात्रै समाजमा शान्ति स्थापन गर्न प्रहरी सफल हुन्छ,’ उनले भने ‘ हरेक नागरिकले प्रहरीलाई समयमै सूचना दिएर सहयोग गर्नु होला ।’
डिएपी राजन गौतमले पछिल्लो समय प्रविधिको प्रयोग गरेर अपराधिक घटना हुने गरेको भन्दै त्यस तर्फ प्रहरीले ध्यान केन्द्रित गर्ने बताए ।

व्यवसायीले आफ्नो व्यवसाय भएको स्थानमा गुणस्तरिय सिसी टिभी जडान गरेमा चोरी हुन बाट बच्न सकिने उनको सुझाव थियो । त्यस्तो अवस्थामा चोरी भएपनि दोषीलाई पक्राउ गर्न सहज हुने उनको विश्वास थियो ।

बाणिज्य संघका अध्यक्ष टंकसिंह वुढाथोकीले संघले व्यावसायिक हित मात्र नभइ सामाजिक कार्यमा पनि सक्रियताका लागि हात अगाडि बढाउने हुँदा समाजको शान्तिका लागि मिलेर काम गर्न तयार रहेको बताएका थिए ।

संघका यसअघिका अध्यक्ष नारायणप्रसाद भुसालले पछिल्लो समय जिल्लामा लागु औषध सेवन कर्ताहरुको संख्या बढेको प्रति चिन्ता जाहेर गर्दै समयमै त्यसबारे कदम चाल्न आग्रह गरे ।

कार्यक्रमलाई संघ पूर्व अध्यक्ष चन्द्रराज पन्त, पूर्व सचिव सुन्दर गौतम, घोराही हाडवेयर व्यवसायी समितिका अध्यक्ष दामोदर केसी लगाएतकाले मनतब्य ब्यक्त गरेका थिए ।

धन्यवाद मनतब्य संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्की र सहजीकरण महासचिव महेन्द्र वुढाथोकीले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!