२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

नगरिकको सहयोगले नै शान्ति स्थापना गर्न प्रहरी सफल हुन्छ दाङ एसपी : वली

Logo
प्रकाशित शनिबार, भाद्र १८, २०७९

(सागर थापा)

दाङ । जिल्ला उद्योग वाणिज्य संघले शनिबार जिल्ला प्रहरी कार्यालय दाङमा सरुवा भएर आएका प्रहरी प्रमुख र डिएपी संग परिचयात्मक कार्यक्रम गरेको छ ।

प्रहरी प्रमुख एसपी बिरवहादुर वली र डिएपी राजन गौतम संग परिचयात्म कार्यक्रम गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै एसपी वलीले जिल्लामा शान्ति सुरक्षा कायम गर्न सबैको सहयोग आवश्यक पर्ने बताएका थिए । सबैको सहयोगले मात्र प्रहरी सफल हुने उनको भनाइ रहेको थियो ।
‘नागरिकको सहयोगले मात्रै समाजमा शान्ति स्थापन गर्न प्रहरी सफल हुन्छ,’ उनले भने ‘ हरेक नागरिकले प्रहरीलाई समयमै सूचना दिएर सहयोग गर्नु होला ।’
डिएपी राजन गौतमले पछिल्लो समय प्रविधिको प्रयोग गरेर अपराधिक घटना हुने गरेको भन्दै त्यस तर्फ प्रहरीले ध्यान केन्द्रित गर्ने बताए ।

व्यवसायीले आफ्नो व्यवसाय भएको स्थानमा गुणस्तरिय सिसी टिभी जडान गरेमा चोरी हुन बाट बच्न सकिने उनको सुझाव थियो । त्यस्तो अवस्थामा चोरी भएपनि दोषीलाई पक्राउ गर्न सहज हुने उनको विश्वास थियो ।

बाणिज्य संघका अध्यक्ष टंकसिंह वुढाथोकीले संघले व्यावसायिक हित मात्र नभइ सामाजिक कार्यमा पनि सक्रियताका लागि हात अगाडि बढाउने हुँदा समाजको शान्तिका लागि मिलेर काम गर्न तयार रहेको बताएका थिए ।

संघका यसअघिका अध्यक्ष नारायणप्रसाद भुसालले पछिल्लो समय जिल्लामा लागु औषध सेवन कर्ताहरुको संख्या बढेको प्रति चिन्ता जाहेर गर्दै समयमै त्यसबारे कदम चाल्न आग्रह गरे ।

कार्यक्रमलाई संघ पूर्व अध्यक्ष चन्द्रराज पन्त, पूर्व सचिव सुन्दर गौतम, घोराही हाडवेयर व्यवसायी समितिका अध्यक्ष दामोदर केसी लगाएतकाले मनतब्य ब्यक्त गरेका थिए ।

धन्यवाद मनतब्य संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्की र सहजीकरण महासचिव महेन्द्र वुढाथोकीले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।