२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

भवनको शिलालेख उद्घाटन गर्ने पुगेका मन्त्री राईलाई शिव सेनाका युवाहरुले लखेटे

Logo
प्रकाशित शनिबार, भाद्र १८, २०७९

(ABC Sanchar))
बाँके । भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राई नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ स्थित हनुमानगढी परिसरमा रहेको एक तले भवन उद्घाटन गर्न पुगेका मन्त्री राईलाई नेपाल शिवसेना युवाहरु तथा हिन्दु धार्मिक संगठनका युवाहरुको समुहले अबरोध गरेपछि विवाद पछि उद्घाटन रद्ध भएको नेपाल शिवसेनाका केन्द्रीय अध्यक्षले बताउनु भएको छ ।

दुई वर्ष अघि नै निर्माण सम्पन्न भएको उक्त भवनको शिलालेख उद्घाटन गर्न मन्त्री राई पुगेपछि शिलालेख राख्न खोज्दा नेपाल शिवसेना युवाहरुले अवरोध गरेपछि त्यहाँ उपस्थित दुईपक्षबीच दोहोरो चर्काचर्की समेत भएको थियो आक्रोशित युवाको उक्त समुहले भवनमा राखिएको शिलालेख भत्काएका थिए भने मन्त्री राईलाई उद्घाटन नगरी फर्किएको बताइएको छ ।

उता नेपाल शिवसेनाका केन्द्रीय अध्यक्ष राजकुमार रोैनियारले भने दुई बर्ष पहिले बनेको भवनलाई अहिले निर्वाचनको मुखमा शिलालेख राखेर मतदाता माझ आफ्नो बिकास योजना सफल बनाउन भुमिका खेलेको बताए ।

केहिबेर आलोचना र नाराबाजी समेत भएको स्थानीयहरु बताउछन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]