२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

अबदेखि जग्गाको कारोबार गर्न सरकारले लाइसेन्स अनिवार्य लिनुपर्ने कानुन आउँदै

Logo
प्रकाशित आइतबार, भाद्र १९, २०७९


(ABC-Sanchar)
काठमाडौँ । सरकारले घरजग्गाको कारोबार गर्न लाइसेन्स लिनुपर्ने गरी कानुन संशोधन गर्न लागेको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीले प्रतिनिधिसभामा पेस गरेको ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ लाइसेन्स लिएर मात्रै घरजग्गा कारोबार गर्न पाइने भन्ने व्यवस्था छ ।

मन्त्री बन्दीले भदौ १७ गते सो विधेयक दर्ता गराएका थिए । दर्ता भएको विधेयकमा मालपोत ऐन २०३४ को परिच्छेद ७ पछि परिच्छेद ७ ९क० थप गर्ने भनिएको छ । थप गरिएको व्यवस्थामा घरजग्गा सम्बन्धी कारोबार गर्न इजाजत लिनुपर्ने भन्ने व्यवस्था छ भने इजाजत नलिई कारोबार गरे कारबाही हुने भनिएको छ ।

‘नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी ताकेको क्षेत्रमा सोही सूचनामा उल्लेख भएको क्षेत्रफल वा सीमाभन्दा बढीको घर जग्गा सम्बन्धी कारोबार गर्दा यस ऐन बमोजिम इजाजत लिनुपर्नेछ,’ दर्ता भएको विधेयकको दफा २६ ९क० मा भनिएको छ ।

विधेयकमा सो व्यवस्थाको स्पष्टीकरण पनि दिइएको छ । ‘यस परिच्छेदको प्रयोजनको लाग घरजग्गा सम्बन्धी कारोबार भन्नाले शुल्क लिई वा नलिई कसैले घर वा जग्गा खरिद वा विक्री गर्न सहयोग गर्ने, त्यस्तो घर वा जग्गा खरिद वा विक्री गर्ने व्यक्तिलाई परामर्श दिने वा सो विषयमा अन्य कुनै किसिमले कुनै सेवा उपलब्ध गराउने कार्य सम्झनु पर्छ’ भनिएको छ ।

दफा २६ (ख) मा भने इजाजतको लागि निवेदन दिनुपर्ने प्रावधान उल्लेख गरिएको छ । दफा २६ (ग) मा सजाय र २६ (घ)मा इजाजतपत्र खारेज गर्न सक्ने सम्बन्धी व्यवस्था उल्लेख गरिएको छ ।

सरकारले मालपोत ऐन २०३४ का केही प्रावधान संशोधन गर्न खोजेको भए पनि सरोकारवाला मन्त्रालय भने बेखबर देखिएको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीले प्रतिनिधिसभामा दर्ता गरिसकेको सो विधेयकमा भएका व्यवस्थाप्रति आफूहरूलाई केही जानकारी नभएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

दाङ । नेकपा (एमाले) दाङले घोराही उपमहानगरपालिकाका एक जना वडाध्यक्षलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको छ। घोराही– ४ का वडाध्यक्ष मधुसुदन घिमिरे (मुनाल) घिमिरेलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको दाङ प्रचार विभाग प्रमुख संगीत बस्यालले जानकारी दिए। चैत २३ गते घोराहीमा बसेको एमाले जिल्ला कमिटीको बैठकले पार्टीका महासचिव तथा दाङ […]

एजेन्सी । इजरायलका रक्षामन्त्री इजरायल काट्जले लेबननमा आफूहरूले गरेको आक्रमण हेजबुल्लाहका लागि ठुलो प्रहार भएको बताए। बीबीसीका अनुसार उनलेे भने, ‘यदि इरानले इजरायलमा आक्रमण गरेमा कडा जवाफ दिन इजरायली रक्षा बल (आईडीएफ) पूर्ण रूपमा तयार छ।’ रक्षामन्त्री इजरायल काट्जले बुधबार लेबननमा गरिएको हमलामा २०० भन्दा बढी व्यक्ति मारिएको बताएका छन्। उनले ती व्यक्तिहरूलाई आतंकवादी भएको आरोप लगाएका छन्।

error: Content is protected !!