२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

मन्त्रीलाई लाइनमा बस्न आग्रह गर्ने सुरक्षागार्ड किन पक्राउ परे ?

Logo
प्रकाशित आइतबार, भाद्र १९, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाईलाइनमा बस्न आग्रह गर्ने एकजना सुरक्षागार्ड पक्राउ परेका छन् ।

स्रोतका अनुसार शुक्रबार ठमेलस्थित छायाँ सेन्टरमा बायो मेट्रिक दिन पुगेका मन्त्री श्रेष्ठलाई सुरक्षागार्डले लाइनमा बस्न आग्रह गरेका ‘ग्रुप फोर सेक्युरिटी’ अन्तर्गत छायाँ सेन्टरमा कार्यरत शेरजंग कुँवर पक्राउ गरेका छन् ।

मन्त्रीलाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्रेको छ । उनलाई अभद्र व्यवहारसम्बन्धी कसूरमा म्याद थप गरेर विस्तृत अनुसन्धान गर्न प्रहरी वृत्त, दरबारमार्ग ले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]