२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

काठमाडौं उपत्यकाको शान्ति सुरक्षालाई बलियो बनाउदै : एआईजी रबिन्द्र धानुक

Logo
प्रकाशित सोमबार, भाद्र २०, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । उपत्यकाको जिम्मेवारी सम्हालेका उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुकले शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा विभिन्न जिल्ला र प्रदेशमा समेत आफ्नो छुट्टै पहिचान बनाएका छन् । कानुन कार्यनयनमा कसैसँग सम्झौता नगर्ने , कसैको भनसुन नसुन्ने र कानुन बमोजिम काम गर्ने उनको पृथक शैली हो ।

देशको राजधानी मानिने काठमाडौंको शान्ति सुरक्षा व्यवस्थापनको पक्ष चुनौतपूर्ण मानिन्छ । अपराध तथा अवैध गतिविधिको अखडा समेत मानिन्छ काठमाडौं । उपत्यकाको शान्ति सुरक्षा सुधारको पक्षलाई प्रहरी अधिकारीहरु भने प्रहरीको सकृय भुमिकाले सुधार आएको दाबी गर्छन् ।

एआईजी रबिन्द्र धानुकको नेतृत्वपछि छोटो समयमा उपत्यका प्रहरीले धेरै अपराधीहरु पक्राउ गरेको छ । काठमाडौंमा हुुने हत्या हिंसा, चोरी, डकैति, लुटपाट लगाएतका घटनामा कमी आएको र नागरिकले शान्ति सुरक्षाको अनुभुती गरेको प्रहरीको भनाइ छ ।

उपत्यका प्रहरीले अपराधी पुष्टि भइ फरार रहेका अपराधीहरुलाई उल्लेखनीय मात्रामा पक्राउ गरेको बताएको छ । यस्तै काठमाडौंको गुन्डागर्दी लगभग शुन्य अवस्थामा झारेको प्रहरीको दाबी छ । अन्य विभिन्न अपराध तथा आतंकहरुमा पनि न्युनिकरण भएको प्रहरीले बताएको छ ।

एआईजी रबिन्द्र बहादुर धानुकले रणनैतिक रुपमा थालिएका अभियानहरुले सार्थकता पाउदा उपत्यकाको समग्र शान्ति सुरक्षामा सफलता प्राप्त भएको प्रहरी अधिकारीहरु बताउँछन् । अपराधिक घटना न्यूनिकरण, अपराध अनुसन्धान, अभियुक्तहरुको खोजी लगायतका कार्यमा प्रहरीले उल्लेखनिय सफता हात पारेको बताएको छ ।

विभिन्न गलत कारोबारमा संलग्न व्यक्तिहरुको पक्राउ , हुण्डीको कारोबार , चेक बाउन्स सम्बन्धी कसुर लगायतका धेरै अपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरु पछिल्लो समय पक्राउ परेका छन् । उपत्यका प्रहरी प्रमुख रबिन्द्र धानुक र उनको सिंगो प्रहरी टिमको कुशल कार्यगत क्षमताले गर्दा नै ति व्यक्तिहरु पक्राउ पर्न सफल भएको आम नागरिकको बुझाई रहेको छ ।

काठमाडौं उपत्यकामा अपराध हुने संभावित क्षेत्रहरु बालाजु बसपार्क क्षेत्र , कलंकी , कोटेश्वर , रत्नपार्क , सुन्धारा लगायतका क्षेत्रहरुमा विशेष प्रहरी परिचालन गरेका कारण ति क्षेत्रमा हुने लुटपाटका घटनाहरु अहिले खासै देखिएका छैनन । छिटपुटरुपमा भएका घटनाहरु बाहेक अहिले काठमाडौमा खासै त्यस्तो कनै ठुलो अपराध भएको छैन ।
यस्तै यो अवधिमा प्रहरीले थुप्रो नगद र लागु औषध समेत बरामद भएको छ । भन्सार छलेर ल्याएको लाखौंको सामान बरामद,यस्तै अवैध समानान्तर बैकिङ हुण्डी कारोबार बाट लाखौं रकम बरामद गरेको छ । अवैध गतिबिधि तथा कानुनले बन्देज गरेका कार्यमा संलग्नहरुलाई पनि प्रहरीले समाएको छ ।

उपत्यका प्रहरी कार्यालय रानिपोखरीको नेतृत्व सम्हालेका एआईजी धानुकले उपत्यकाको शान्ति सुरक्षा सुदृढ पार्ने, आमनागरिकमा प्रवाह गरिने सेवा निष्पक्ष, पारदर्शी, छिटो छरितो एवं सहज तुल्याउने र प्रहरी कर्मचारीको सुविधा अभिबृद्धि गर्ने अभियान एक साथ शुरुआत गर्नुभएको छ।

काठमाडौं उपत्यकाको शान्ति सुरक्षालाई कसरी सुदृढ बनाउने भन्ने विषयलाई नै केन्द्रमा राखेर योजना बनाएको । अहिले कायम रहेको शान्ति सुरक्षालाई थप मजबुद बनाउन थप प्रहरी र साधन स्रोतको परिचालन गर्नुका साथै नतिजा हासिल गर्ने काममा ध्यान केन्द्रित भएको एआईजी रबिन्द्र बहादुर धानुक बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

दाङ । नेकपा (एमाले) दाङले घोराही उपमहानगरपालिकाका एक जना वडाध्यक्षलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको छ। घोराही– ४ का वडाध्यक्ष मधुसुदन घिमिरे (मुनाल) घिमिरेलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको दाङ प्रचार विभाग प्रमुख संगीत बस्यालले जानकारी दिए। चैत २३ गते घोराहीमा बसेको एमाले जिल्ला कमिटीको बैठकले पार्टीका महासचिव तथा दाङ […]

एजेन्सी । इजरायलका रक्षामन्त्री इजरायल काट्जले लेबननमा आफूहरूले गरेको आक्रमण हेजबुल्लाहका लागि ठुलो प्रहार भएको बताए। बीबीसीका अनुसार उनलेे भने, ‘यदि इरानले इजरायलमा आक्रमण गरेमा कडा जवाफ दिन इजरायली रक्षा बल (आईडीएफ) पूर्ण रूपमा तयार छ।’ रक्षामन्त्री इजरायल काट्जले बुधबार लेबननमा गरिएको हमलामा २०० भन्दा बढी व्यक्ति मारिएको बताएका छन्। उनले ती व्यक्तिहरूलाई आतंकवादी भएको आरोप लगाएका छन्।

error: Content is protected !!