०४ भाद्र २०८२, बुधबार
20-08-2025 , Wed
×

बाँकेमा मानव बेचबिखनका घटना धेरै

Logo
प्रकाशित सोमबार, भाद्र २०, २०७९


(ABC-Sanchar)
बाँके । मानव बेचविखनविरुद्ध काम गर्ने संस्था बर्सेनि थपिँदै गए पनि समस्या न्यूनीकरण हुन सकेको छैन । करिब एकदर्जन गैरसरकारी संस्था बाँकेमा कार्यरत छन् तर मानव बेचविखनका घटना भने बर्सेनि बढ्दो रहेको छ ।

नेपालगञ्ज नाकामा मानव बेचबिखनविरुद्ध काम गर्ने माइती नेपाल, शान्ति पुनःस्थापना गृह, साथी संस्था, सेलर्ड, शक्ति समूह, साना हातलगायतका संस्थाले निगरानी गर्दै आएका छन् ।

मानव बेचविखनविरुद्ध काम गर्ने संस्थाको सङ्ख्या बढ्नु सकारात्मक भए पनि सहकार्यको अभावमा दोहोरोपना देखिँदा कहीँ कतै समस्या हुने गरेको माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले बताए ।

“गैरसरकारी संस्थाले सोंचेजति उपलब्धि हासिल गर्न नसके पनि पीडितको खोजतलासको निवेदन बुझ्ने र खोजतलासको प्रक्रिया अघि बढाउने काम गरिरहेका छन्’, उनले भने, ‘राज्यले पीडितले निवेदन दिने वातावरणसमेत बनाउन नसकेको अवस्थामा सङ्घ संस्थाले सहयोग गरिरहेका छन् ।’

मानव बेचविखनविरुद्धको क्षेत्रमा काम गर्ने संस्थाले सचेतना जगाउने र सीमावर्ती क्षेत्रमा जाँच तथा परामर्श गर्ने गरे पनि बेचिएका महिला उद्धार गर्न सकिरहेका छैनन् । सङ्घ संस्था परियोजनामुखी भएका कारण पनि अभियान प्रभावकारी हुन नसकेको अधिवक्ता पदम पाण्डे बताउछन् ।

‘मानव बेचविखनको क्षेत्रमा काम गर्ने संस्थाको सङ्ख्या बढेको बढ्यै छ, तर बेचविखनका घटना घटेका छैनन्’, सेलर्डमा मानव बेचविखनविरुद्धको परियोजना संयोजक भएर काम गरिसक्नुभएका अधिवक्ता पाण्डेले भने, ‘अब हामीले गर्दै आएको तौरतरिका र काम कारबाहीमा परिवर्तन गर्नेतर्फ सोंच्नुपर्ने भएको छ ।’

वैदेशिक रोजगारका नाममा महिलालाई सीमा कटाएर लैजाने र बेचविखन गर्ने गरेको पाइए पनि दलालविरुद्धका मुद्दा कमजोर हुने र पीडितले बयान फेर्ने समस्यालाई हल गर्न अब मुद्दा नै वैदेशिक रोजगारअनुसार दर्ता गर्नुपर्ने पाण्डेको सुझाव छ । माइती नेपाल, नेपालगञ्जमा खोजतलासका लागि गत आर्थिक वर्ष २०७८/७९ मा मात्रै सात सय १२ निवेदन परेका छन् । ती निवेदनमध्ये दुई सय ८५ जना फेला परेका छन् ।

यो अवधिमा माइती नेपाल, नेपालगञ्जले जोखिमपूर्ण यात्रामा रहेका छ सय २७ जनाको नेपालगञ्जस्थित जमुनाह नाकाबाट उद्धार गरेको माइती नेपाल नेपालगञ्जका संयोजक कोइरालाले जानकारी दिए । सङ्घ, संस्थाको पहलमा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका तथा बेचिन लागेको आशङ्का लागेका सयौँको उद्धार हुँदै आए पनि मुद्दा भने न्यून दर्ता हुने गरेका छन् ।

पछिल्लो समय प्रविधिको प्रयोगले झुक्याएर, जागिरको प्रलोभन देखाएर, आफन्तबाटै भारत लगेर बिक्री गर्ने गरेको पाइएको शान्ति पुनःस्थापना गृह बाँकेका कार्यक्रम संयोजक निर्मल सुवेदीले बताए । उनका अनुसार मानव बेचबिखन गर्नेले नयाँ नयाँ रणनीति अपनाएर युवतीलाई भारत पु¥याउने गरेको पाइएको छ ।

शान्ति पुनःस्थापना गृह बाँकेले बाँकेका चार नाकाबाट आर्थिक वर्ष २०७८/७९ मा जोखिमपूर्ण यात्रामा रहेका दुई सय ४६ जनाको उद्धार गरेको छ । भारत पुगेर छ जना नेपालीको उद्धार गरी नेपाल फर्काएको कार्यक्रम संयोजक सुवेदीले जानकारी दिए ।

मानव बेचबिखनका घटनामा कमै मात्र मुद्दामा जाने गरेका छन् । शान्ति पुनःस्थापन गृहले सीमामा निगरानी बढाउनुका साथै बाँकेमा आवधिक गृहसमेत सञ्चालनमा ल्याएर उद्धार गरेकालाई पुनःस्थापना गर्ने काम गरिरहेको गृहका क्षेत्रीय संयोजक भूमिराज भट्टराईले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले हाम्रा चाडपर्वहरूलाई कम खर्चिलो बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल पत्रकार महासङ्घ दाङ शाखा महिला विभागले बुधबार घोराहीमा आयोजना गरेको तीज मिलन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रियासनले चाडपर्वहरू रमाइलो र संस्कृतिको संरक्षणका लागि हो तर अनावश्यक खर्चालु प्रतिस्पर्धाले समाजमा नकारात्मक असर पार्ने बताउनुभयो । “आजभोलि […]

काठमाडौं । सङ्घीय संसद् सचिवालयलाई गराएको छ सभामुख देवराज घिमिरेलाई साउन ३० गते पत्र लेख्दै चौधरीले आफू नै संसदीय दलको नेता रहेको जानकारी गराएकी हुन् । चौधरीले यो पत्रको बोधार्थ निर्वाचन आयोगलाई पनि दिएकी छन् । पत्रमा दलको नेता रहेका गङ्गाराम चौधरीलाई पार्टी र दलको भूमिकामा नरहने गरी कारबाही गरिएको जानकारी गराइएको छ । श्रेष्ठले […]

काठमाडौं । भृकुटीमण्डप पुगेर नाडा अटो शोको अवलोकन गरेका हुन्। त्यसक्रममा प्रचण्ड उड्ने कारमा चडेका थिए। नेपालको सबैभन्दा ठूलो अटो प्रदर्शनी ‘नाडा अटो शो’मा २ करोड २० लाख रुपैयाँ पर्ने गाडीदेखि दुई सिटे ‘उड्ने कार’सम्म पर्दशनीमा राखिएको छ। नाडा अटो शोमा अध्यक्ष प्रचण्डलाई रोवर्टले स्वागत गरेको थियो।

error: Content is protected !!