२९ माघ २०८१, मंगलबार
11-02-2025 , Tue
×

हात्तीले धेरै दुख दिन थालेपछी हात्ती भगाउन रातभर गाउँलेहरु जाग्राम

Logo
प्रकाशित सोमबार, भाद्र २०, २०७९

(ABC-Sanchar)
काठमाडौं । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–५ बडुवाल टोलका बासिन्दा हात्ती भगाउन रातभर जाग्राम बस्ने गरेका छन् । भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली हात्तीको बथानले गाउँ पसेर धानबाली र मकैमा नोक्सान गर्न थालेपछि भगाउनका लागि त्यहाँका बासिन्दा रातभर जाग्राम बस्न थालेका हुन् ।

साँझपख आउने हात्तीको बथानले अन्नबालीमा नोक्सान पु¥याउने गरेको स्थानीय सीतादेवी बादीले बताइन् । “हात्तीको बथानले धानबाली सबै नोक्सान गरिसक्यो”, उनले भनिन्, “यसपाली त खानलाई पनि किन्नुपर्छ घरमा पनि आउँछ कि भन्ने डर छ ।” “उक्त निकुञ्जबाट ३०÷३५ वटा हात्तीको बथान बच्चासहित दिनहुँ बडुवाल टोलमा पस्ने गरेकाले भगाउनका लागि रातभर जाग्राम बस्नुपर्छ हामी नसुतेको एक साता भइसक्यो”, उनले भनिन्, “साइरन बजाएर होहल्ला गर्दा पनि हात्तीको बथान भाग्दैन ।”

स्थानीय लक्ष्मी रानाले हरेक वर्ष यहाँ घरखेतमा हात्तीले नोक्सान गर्ने गरेको बताइन् । “धान र मकै सबै सखाप पारिसक्यो घरमा पस्ने डरले रातभर जाग्राम बस्छौँ”, उनले भने, “रातभर गाउँका सबै भेला हुन्छौँ सशस्त्र प्रहरीले पनि सहयोग गरेको छ ।” लक्ष्मीका अनुसार गाउँमा विद्युत् नुहुँदा झन समस्या हुने गरेको छ ।

दोधारा चाँदनी नगरपालिका–५ का वडाध्यक्ष हरिसिंह धनाडीले गाउँमा हात्तीको आतङ्कले स्थानीयवासी त्रस्त भएको बताए । “यो बस्तीमा भारतीय सीमापर्ने भएकाले भारतले तारबार गर्न दिँदैन”, उनले भने, “हरेक वर्ष यहाँ भारतीय जङ्गलबाट हात्ती आइ नोक्सान गरेर जान्छन् ।” अहिले जङ्गल पनि घना भइसकेकाले यहाँ हात्ती बढी आउन थालेको वडाध्यक्ष धनाडीले बताए । “यसको रोकथाम कसरी गर्न सकिन्छ भनेर भारतीय जनप्रतिनिधिसँग समन्वय गर्दैछौँ”, उनले भने, “क्षतिबारे वडा कार्यालयले तथ्याङ्क सङ्कलन गर्दै छ ।” यसैगरी हात्तीले बेदकोट नगरपालिका, लालझाडी गाउँपालिकामा समेत किसानकोे धानबालीमा नोक्सान पु¥याउने गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल प्रहरी प्रधान कार्यालय,नक्साल काठमाण्डौका प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी टेक प्रसाद राईद्वारा दाङ राप्‍ती गाँउपालिका वडा नं. ५ स्थित ईलाका प्रहरी कार्यालय सिसहनिया दाङको परिसरमा नव-निर्मित कार्यालय भवनको समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ । उक्त समुद्घाटन कार्यक्रममा प्रमुख अतिथि एआईजी राईद्वारा ईलाका प्रहरी कार्यालय सिसहनियाको अवलोकन निरीक्षण गर्नुका साथै प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको मातहत समेतबाट सम्पादन गरिएका कार्यसम्पादनहरुको समिक्षा एवं आगामी कार्ययोजना सम्बन्धि छलफल गरीएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्की लागायत बाँके जिल्ला मातहत प्रहरी इकाई प्रमुखहरुको उपस्थिती रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

  काठमाडौं । मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूले ‘ठमेलमा प्रहरीमाथि कुटपिट गर्ने अखिल नेता कमलराज जोशीलाई उन्मुक्ति दिइएको’ विषयमा प्रश्न गर्दा एसएसपी अधिकारीले भने, ‘हामीलाई पार्टीसँग कुनै सरोकार छैन।’ उनले घटनामा संलग्न पाँच जनामाथि अनुसन्धान अघि बढाइएको र थप संलग्नता देखिए ‘एक हजार प्रतिशत कारबाही’ गरिने प्रतिबद्धता जनाए। गत बिहीबार नेकपा […]

error: Content is protected !!