२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

रवि लामिछानेका कारण दरबार मार्गका इन्सपेक्टर बिशाल तामाङ कारबाहीमा

Logo
प्रकाशित सोमबार, भाद्र २०, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेका कारण प्रहरी वृत्त दरबारमार्गका प्रहरी निरीक्षक बिशाल तामाङ कारबाहीमा परेका छन् । पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका सुरक्षा गार्ड शेरजंग गुरुङलाई भेटेर फोटो खिच्न दिएपछि इन्सपेक्टर तामाङलाई हटाइएको हो ।

हिरासतमा भएका व्यक्तिसँग फोटो खिच्न पाइदैन । तर, इन्सपेक्टर तामाङले लामिछानेसँग भेटाएर भिडियो तथा फोटो खिच्न दिएका थिए । उनलाई वृत्तबाट हटाएर छानबिन थालिएको छ । यसबारे एसपी दिनेशराज मैनालीको नेतृत्वमा छानबिन समिति बनेको छ ।

घटनामा दरबारमार्ग वृत्तकी डिएसपी कोपिला चुँडालको पनि कमजोरी देखिएको र उनीमाथि समेत छानबिन हुने भएको छ ।

हाल राजनीतिमा लागेका लामिछानेले गुरुङलाई भेटेर उनलाई रिहा गर्न माग गरेका छन् । लामिछानेलाई सहयोग गर्दा इन्सपेक्टर तामाङ भने समस्यामा परेका छन् ।

सुरक्षा गार्ड गुरुङलाई रिहा गर्न गृह मन्त्री र पर्यटनमन्त्रीले प्रहरी तथा काठमाडौंका सिडिओलाई निर्देशन दिइसकेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]