२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

नेपाल प्रहरीको एआइजी बढुवाको तयारी राजनीति चलखेल सुरु

Logo
प्रकाशित मंगलबार, भाद्र २१, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीमा थप एक एआइजीले अवकाश पाउन लागेसँगै रिक्त पदमा बढुवाको सरगर्मी बढेको छ । प्रहरी एकेडेमीमा कार्यरत एआइजी मुकुन्दराज आचार्यले बुधबारदेखि अवकाश पाउँदैछन् ।

उनको अवकाशसँगै प्रहरीमा एआइजीका दुई पद रिक्त हुनेछन् । विश्वराज पोखरेलको अवकाशसँगै यसअघि नै एक पद रिक्त भइसकेको छ । एकल बढुवा गर्दा विवाद हुने भएकाले दुई जनाको बढुवा गर्न लागिएको स्रोत बताउँछ ।

आचार्यको अवकाशसँगै एआइजी बढुवा हुने सम्भावना छ । जसमा ठूलो आर्थिक चलखेल हुने देखिएको छ । एआइजीमा बढुवामा एक दर्जन डिआइजीहरु दाबेदार छन् ।

 

बरियताका आधारमा वसन्त कुँवर, अशोक सिंह, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, उमेशराज जोशी, रामदत्त जोशी, मीरा चौधरीलगायत छन् ।

तर, डिआइजी बढुवामै बरियता धेरै तलमाथि भएकाले त्यसको ठूलो अर्थ छैन । जसले पावर र पैसा लगाउँछ उही बढुवा हुने छ भन्ने कुरा डिआइजी बढुवामा भएको चलखेलले नै देखाइसकेको छ । त्यसकारण त्यतिखेर पैसा र पावर लगाएर बरियतामा अघि पुगेकाहरुकै सेटिङ अहिले पनि बलियो देखिएको छ ।

स्रोतका अनुसार पहिलो वसन्त कुँवर र अशोक सिंहलाई एआइजी बढुवा गर्न बालुवाटार निकट बिचौलियाहरु सक्रिय छन् । सिंहलाई १ नम्बर र कुँवरलाई २ नम्बरमा बढुवा गर्ने योजना बनिरहेको छ । कुँवर सिदासादा भएकाले उनलाई बढुवा गरे सिंहलाई पछि सहज हुने गरी यसरी योजना बनाइएको छ ।

त्यो योजनाविरुद्ध अन्य डिआइजीहरु पनि सक्रियताका साथ शक्तिकेन्द्रमा धाइरहेका छन् । जसकारण दुई दुई एआइजीहरु रवीन्द्र धानुक र अरुण बिसीले अवकाश पाएपछि चार जनाको बढुवा गर्नुपर्ने भनेर केही दौडधुपमा छन् । जसकारण चुनावको मुखमा बढुवाको राजनीति चर्किएको छ ।

अघिल्लो चुनावमा प्रहरीभित्रकै राजनीतिका कारण कांग्रेसलाई धक्का लागेको थियो । यसपटक पनि उसको कार्यशैली उस्तै देखिएको छ ।

उता एआइजी आचार्यको अवकाशसँगै प्रहरी एकेडेमीमा जान एआइजीहरुबीच प्रतिस्पर्धा चलेको छ । एआइजीहरु सहकुलबहादुर थापा, दिवेश लोहनी र पूजा सिहंबीच प्रतिस्पर्धा देखिएको छ ।

प्रशस्त बजेट हुने भएकाले एकेडेमीको कार्यकारी निर्देशक पदमा एआइजीहरुको आकर्षण देखिएको हो ।दृष्टिन्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

दाङ । नेकपा (एमाले) दाङले घोराही उपमहानगरपालिकाका एक जना वडाध्यक्षलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको छ। घोराही– ४ का वडाध्यक्ष मधुसुदन घिमिरे (मुनाल) घिमिरेलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको दाङ प्रचार विभाग प्रमुख संगीत बस्यालले जानकारी दिए। चैत २३ गते घोराहीमा बसेको एमाले जिल्ला कमिटीको बैठकले पार्टीका महासचिव तथा दाङ […]

एजेन्सी । इजरायलका रक्षामन्त्री इजरायल काट्जले लेबननमा आफूहरूले गरेको आक्रमण हेजबुल्लाहका लागि ठुलो प्रहार भएको बताए। बीबीसीका अनुसार उनलेे भने, ‘यदि इरानले इजरायलमा आक्रमण गरेमा कडा जवाफ दिन इजरायली रक्षा बल (आईडीएफ) पूर्ण रूपमा तयार छ।’ रक्षामन्त्री इजरायल काट्जले बुधबार लेबननमा गरिएको हमलामा २०० भन्दा बढी व्यक्ति मारिएको बताएका छन्। उनले ती व्यक्तिहरूलाई आतंकवादी भएको आरोप लगाएका छन्।

error: Content is protected !!