२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

लामिछानेविरुद्ध उजुरीमा प्रहरीले थाल्यो अनुसन्धान

Logo
प्रकाशित बुधबार, भाद्र २२, २०७९

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दिप लामिछानेविरुद्ध परेको उजुरीमा अनुसन्धान सुरु भएको छ ।
एक १७ वर्षीया नाबालिकाले आफूमाथि लामिछानेद्वारा जबरजस्ती करणी भएको भन्दै मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । उक्त जोहरीमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको हाे ।

अनुसन्धानका विविध विधि र प्रविधि प्रयोग गरी जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त गौशालाबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीद्वारा घटनाबारे सुक्ष्मरुपमा अनुसन्धान गरिरहेको काठमाडौँ प्रहरीले जनाएको हो ।

जाहेरीमा १७ वर्षीया नाबालिकाले स्याङ्जा आरुचौर गाउँपालिका स्थायी घर भई हाल काठमाडौँ बुढानीलकण्ठ नगरपालिका बस्ने लामिछानेले गत भदौ ५ गते काठमाडौँ र भक्तपुरका विभिन्न स्थानहरुमा लगेर काठमाडौँ ल्याइ रातको अन्दाजी ११ः५५ बजे काठमाडौँ महानगरपालिका–९ स्थित एक होटलको कोठा नं. ३०५ मा लगेको उल्लेख छ ।उजुरीमा ती नाबालिगले भदौ ६ गते राति अन्दाजी १२ः२५ बजे पटक–पटक जबर्जस्ती करणी गरेको उल्लेख गरेकी छन् । प्रहरीद्वारा उक्त जाहेरी दरखास्त दर्ता गरी पीडितलाई एकद्वार संकट व्यवस्थापन केन्द्रमा लगेर विस्तृत स्वास्थ्य परीक्षण गराइएको छ ।साथमा

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

दाङ । नेकपा (एमाले) दाङले घोराही उपमहानगरपालिकाका एक जना वडाध्यक्षलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको छ। घोराही– ४ का वडाध्यक्ष मधुसुदन घिमिरे (मुनाल) घिमिरेलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको दाङ प्रचार विभाग प्रमुख संगीत बस्यालले जानकारी दिए। चैत २३ गते घोराहीमा बसेको एमाले जिल्ला कमिटीको बैठकले पार्टीका महासचिव तथा दाङ […]

एजेन्सी । इजरायलका रक्षामन्त्री इजरायल काट्जले लेबननमा आफूहरूले गरेको आक्रमण हेजबुल्लाहका लागि ठुलो प्रहार भएको बताए। बीबीसीका अनुसार उनलेे भने, ‘यदि इरानले इजरायलमा आक्रमण गरेमा कडा जवाफ दिन इजरायली रक्षा बल (आईडीएफ) पूर्ण रूपमा तयार छ।’ रक्षामन्त्री इजरायल काट्जले बुधबार लेबननमा गरिएको हमलामा २०० भन्दा बढी व्यक्ति मारिएको बताएका छन्। उनले ती व्यक्तिहरूलाई आतंकवादी भएको आरोप लगाएका छन्।

error: Content is protected !!