०१ फाल्गुण २०८१, बिहिबार
13-02-2025 , Thu
×

निर्वाचनकै मुखमा ३ एआईजीहरु उमेर हदका कारण अनिवार्य अवकाश हुने

Logo
प्रकाशित बिहिबार, भाद्र २३, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । आगामी २०७९ मंसिर ४ गते तोकिएको संघीय प्रतिनिधि र प्रदेश सभा निर्वाचन अगाडि नै नेपाल प्रहरीमा कार्यरत तीन जना एआईजी उमेर हदका कारण अनिवार्य अवकास हुँदैछन । निर्वाचनको सुरक्षाका लागि पहिलो पंक्तिमा खटिने नेपाल प्रहरीका उच्च प्रहरी अधिकारीले त्यतिबेलासम्म ५६ वर्ष उमेर पुगेर अनिवार्य अवकास भएर घर जाने भएका हुन् ।

नेपाल प्रहरीका सबैभन्दा सिनियर विश्वराज पोखरेलको आईजीमा बढुवा नभएपछि २०७९ साउन पहिलो साता राजीनामा दिएका थिए । तर, उनको राजीनामा स्वीकृत नभए पनि २०७९ साउन २० गते अनिवार्य अवकास पाइसकेका छन् ।

त्यसैगरी हाल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको प्रमुख समादेशक रहेका एआईजी मुकुन्द आचार्य २०७९ भदौ २२ गते बुधवार अनिवार्य अवकासमा जाँदैछन् ।

त्यस्तै, प्रशासन विभाग प्रमुख रहेका एआईजीपी अरुण कुमार बिसीले पनि दशैं मान्न घर जाने र अवकास हुने दिन २०७९ कार्तिक १४ गते नै परेको छ । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजीपी रविन्द्र कुमार धानुक नेपालीहरुको महान चाड दशैं र तिहार दुबै मानेर २०७९ कार्तिक २४ गते अवकास पाउने भएका छन् ।

निर्वाचनको कमाण्ड सम्हाल्ने जिम्मेवारी पाएका र हाल निमित्त आइजीपी रहेका सिनियर एआईजी सहकुल थापा, उत्तम सुवेदी र दिवेश लोहनीले भने आईजीपी धीरजप्रताप सिंहसँगै २०७९ चैत्र ११ गते ३० वर्षे सेवा अवधि पूरा गरेर अनिवार्य अवकासमा जाने भएका छन् ।

त्यसभन्दा अघि हाल मानव स्रोत विभाग प्रमुख रहेकी पूजा सिंहले २०७९ फागुन ४ गते उमेर अवकास पाउने भएकी छिन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङद्वारा बिहिवार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको मेस,व्यारेक, विभिन्न शाखाहरु, मेट्रो ट्राफिक एफ.एम.को कार्यालय परिसर तथा अन्य भैतिक पुर्वाधारको निरीक्षण पश्चात काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहतका ट्राफिक […]

नेसपा नयाँ शक्तिको मत गणना जारी अध्यक्ष पदमा भट्टराई र चापागाईंबीच प्रतिस्पर्धा काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशनमा खसेको मत गणना जारी छ माघ २९ गते राति मतगणना सकिएको थियो। बुधबारदेखि मतगणना सुरू भए पनि अहिलेसम्म सकिएको छैन। पहिले केन्द्रीय सदस्यहरू र त्यसपछि पदाधिकारीका लागि खसेको मतगणना गरिएको हो। अध्यक्ष पदमा […]

  काठमाडौं । प्रहरी स्रोतका अनुसार आईजीपी कुँवरले अवकाश अघि नै बिदामा बस्ने इच्छा देखाएका छन्। उनी सम्भव भए एक महिनाअघि नै बिदा बस्न चाहन्छन्। तर, उनले बिदा पाउने सम्भावना न्यून छ। यदि उनले बिदा लिन चाहेमा सरकारले एक महिनाअघि नै कामु आईजीपी चयन गर्नुपर्ने हुन्छ।प्रहरी नियमअनुसार आईजीपीकै ब्याचका अधिकारीलाई निमित्त दिएर आईजीपीलाई बिदामा पठाउने सम्भावना कम देखिन्छ। ५ चैतमा को बन्नेछन् नेपाल […]

error: Content is protected !!