२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

बिबादित नवलपरासीका एसपी फेरिए

Logo
प्रकाशित बिहिबार, भाद्र २३, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । पूर्वी नवलपरासी र पाँचथरका प्रहरी प्रमुख फेरिएका छन् । पूर्वी नवलपरासीमा एसपी भुवनेश्वर तिवारीलाई पठाइएको छ भने पाँचथरमा डिएसपी हरि खतिवडाको सरुवा भएको छ ।

पूर्वी नवलपरासीका एसपी प्रज्वल महर्जनको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय वीरेन्द्रनगरमा सरुवा भएको छ । कांग्रेस नेताहरुसँग कुरा नमिलेपछि उनको ६ महिनामै सरुवा भएको स्रोत बताउँछ । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग ईन्टरपोल शाखा नक्सालमा कार्यरत डिएसपी हरि खतिवडाको जिल्ला प्रहरी कार्यालय पाँचथर सरुवा भएको छ भने डिएसपी राकेश थापाको खतिवडाको इन्टरपोल शाखामा सरुवा भएको छ । थापा शान्ति मिसनमा जान लागेकाले उनको सरुवा भएको हो ।

यसैगरी इलाका प्रहरी कार्यालय आबुखैरेनी, तनहुँमा इन्स्पेक्टर गायत्रीराज शर्मा, इलाका प्रहरी कार्यालय अमलिया, दाङमा सुरेन्द्र विक्रम बर्तौला, आबु खैरेनीका लोकेन्द्र अधिकारीको बर्तौलाको ठाउँमा सरुवा भएको छ ।

पूर्वी नवलपरासीका एसपीलाई राम्रो काम गर्दा गर्दे हटाइएको छ भने पश्चिम नवलपरासीका एसपी ऋषिराम कँडेलले योजनाबद्ध रुपमा दुई व्यक्तिलाई लागुऔषध मुद्दामा फसाएको पुष्टि हुँदा पनि कारबाही भएको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

दाङ । नेकपा (एमाले) दाङले घोराही उपमहानगरपालिकाका एक जना वडाध्यक्षलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको छ। घोराही– ४ का वडाध्यक्ष मधुसुदन घिमिरे (मुनाल) घिमिरेलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको दाङ प्रचार विभाग प्रमुख संगीत बस्यालले जानकारी दिए। चैत २३ गते घोराहीमा बसेको एमाले जिल्ला कमिटीको बैठकले पार्टीका महासचिव तथा दाङ […]

एजेन्सी । इजरायलका रक्षामन्त्री इजरायल काट्जले लेबननमा आफूहरूले गरेको आक्रमण हेजबुल्लाहका लागि ठुलो प्रहार भएको बताए। बीबीसीका अनुसार उनलेे भने, ‘यदि इरानले इजरायलमा आक्रमण गरेमा कडा जवाफ दिन इजरायली रक्षा बल (आईडीएफ) पूर्ण रूपमा तयार छ।’ रक्षामन्त्री इजरायल काट्जले बुधबार लेबननमा गरिएको हमलामा २०० भन्दा बढी व्यक्ति मारिएको बताएका छन्। उनले ती व्यक्तिहरूलाई आतंकवादी भएको आरोप लगाएका छन्।

error: Content is protected !!