०१ आश्विन २०८१, मंगलबार
17-09-2024 , Tue
×

दिउँसै पैसा लुटेर फरार दुई युवक पक्राउ

Logo
प्रकाशित बिहिबार, भाद्र २३, २०७९

(ABC Sanchar)                                                धनुषामा दिउँसै रकम लुटेर फरार भएका दुई जना युवक पक्राउ परेका छन्।

लक्ष्मीनियाँ गाउँपालिका वडा नं. ६ निकाल बस्ने २० वर्षीय भरोशी भन्ने नरेश यादव र वडा नं. ४ बस्ने २३ वर्षीय सरोज दास पक्राउ परेको प्रहरीले जनाएको छ।

बुधबार दिउँसो साढे २ बजे  लक्ष्मीनियाँ गाउँपालिका ४, सपहीस्थित रहेको मेगा बैंकबाट १ लाख ८० हजार रुपैयाँ निकालेर स्थानीय ७५ वर्षीय रामदास घर फर्किंदै गर्दा दुबै जनाले लुटपाट गरेका थिए। धनुषाका एसपी बसन्त रजौरेका अनुसार लुटपाट गर्नुअघि सरोज र नरेश दुबैले बैंकबाट पैसा निकाल्ने व्यक्तिहरूको रेकी गरेका थिए।

दासले पैसा निकालेर घर फर्किंदै गर्दा ज १२ प ८५९३ नम्बरको मोटरसाइकलमा सवार भई एकान्त देखेपछि दुबै जनाले लुटपाट गरेका थिए।

वृद्ध दासलाई एक्लै पैदलै घरतर्फ जाँदै गरेको देखेर दुबै जनाले झोलाबाट पैसा लुटेर भागेका थिए।

अपरिचित व्यक्तिले पैसा लुटेर फरार भएको सूचना प्रहरीमा आएपछि धनुषाका एसपी रजौरे आफैं घटनास्थल पुगेर अनुसन्धान सुरू गरेका थिए।

अनुसन्धान गर्दै जाँदा दुबै जनाले लुटपाट गरेको रकम र मोटरसाइकलसहित बुधबार बेलुकी पक्राउ परेको एसपी रजौरेले बताए।

उनका अनुसार लुटिएको रकममध्ये १ लाख ७५ हजार भरोशीको छाप्रो घरमा माटोमा खाल्डो खनी गाडेको अवस्थामा प्रहरीले बरामद गरेको छ। त्यसैगरी सरोजबाट १ हजार ५ सय बरामद गरिएको उनले बताए।साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  धनगढी । घोडाघोडी नगरपालिका–७ का २२ वर्षीय दिपक विकको मृत्यु भएको घटनामा प्रहरीले एक युवतीलाई समातेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी पदमबहादुर विष्टले मृतककी प्रेमिकासमेत रहेकी युवतीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको जानकारी दिए। उनका अनुसार प्रेमिकाले नै विकको मृत्युमा भूमिका खेलेको देखिएको छ। मृतक विक जरबजस्ती करणीमा दोषी ठहर भएर कारागार चलान […]

एआईजी सुदिप गिरीद्वारा लुम्बिनी प्रदेश तालिम केन्द्र बुटवलको निरीक्षण बुटवल । नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन (Police Baton) २०८१” को कार्यतालिका बमोजिम आज मिति २०८१ असोज १ गते केन्द्रीय कार्य दक्षता मूल्याङ्कन समितिका संयोजक एवम् राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज काठमाण्डौका कार्यकारी निर्देशक श्रीमान् प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी सहितको निरीक्षण टोलीद्वारा निरीक्षण अनुगमन गर्नुभयो […]

  काठमाडौं । भारतको नागपुरस्थित सडक किनाराबाट जहाँ एक मामुली केटो चिया बेचिरहेका छन् । यस्तैमा उनीकहाँ चिया पिउन नयाँ ग्राहक देखा पर्छन् । सधै झैं उनले आफ्नै शैलीमा चिया उमाल्छन्, गिलासमा खन्याउँछन् र ग्राहकको हातमा टक्राउँछन् । चिया पिउन आउँछन्, कस्तो मान्छे आउँछन् ? उनलाई मतलब हुन्न । उनलाई त यति मात्र मतलब हुन्छ […]

error: Content is protected !!