२१ बैशाख २०८३, सोमबार
04-05-2026 , Mon
×

झगडा गरेका अली र फरिदलाई जरिवाना

Logo
प्रकाशित शुक्रबार, भाद्र २४, २०७९

पाकिस्तानका ब्याट्सम्यान आसिफ अली र अफगानिस्तानका बलर फरिद अहमदलाई आइसिसीको आचार संहिता उल्लघंन गरेको अभियोगमा कारबाही गरिएको छ।

एसिया कपअन्तर्गत बुधबार भएको पाकिस्तान र अफगानिस्तानबीचको खेलमा आइसिसीको आचार संहिताको लेभल १ उल्लघंन गरेको आरोपमा अली र फरीदलाई कारबाही गरिएको हो।

कारबाहीस्वरुप दुवैलाई म्याच शूल्कको २५ प्रतिशत जरिवाना गरिएको छ। दुवैले आफ्नो गल्ति स्विकार गरेको आइसिसीले जनाएको छ।क्रिकेट मैदानमा पाकिस्तान र अफगानिस्तान परम्परागत प्रतिद्वन्द्वी नभए पनि बुधबारको खेलमा यी दुई टोलीबीच तनाव भयो।

नसिम शाहको म्याच विनिङ सट प्रहारपछि मैदानमा आक्रामकता पनि देखिएको थियो।

खेलको क्रममा पाकिस्तानी क्रिकेटर आसिफ अली र अफगान बलर फरिद अहमद एक-अर्कासँग झगडामा उत्रिए। आसिफ अलीले फरिद अहमदमाथि ब्याट उठाएपछि दुई जनाबीच भनाभन भएको थियो।

बुधबार भएको खेलमा पहिले ब्याटिङ गरेको अफगानिस्तानले पाकिस्तानलाई १३० रनको लक्ष्य दिएको थियो।

यो स्कोर ठूलो थिएन तर पाकिस्तानी टोलीले यसलाई पछ्याउन निकै संघर्ष गर्नुपरेको थियो। १८ औं ओभरसम्म पाकिस्तानको जितको बाटो कठिन थियो।

१९ औं ओभरको चौंथो बलमा पाकिस्तानी खेलाडी आसिफ अलीले फरिद अहमदको बलिङमा उत्कृष्ट छक्का प्रहार गरे। जसका कारण पाकिस्तानको जितको आधार तय भएको थियो।

अर्को बलमा उनी आउट भए र पाकिस्तानी टोलीमाथि हारको दबाब बढ्यो।

पेभिलियन फर्कनुअघि फरिद र आसिफबीच भनाभन भयो। पहिले फरिदले केही कुरा भने, उनको  कुरामा आसिफ अली रिसाए।

कुरा यति बढ्यो कि आसिफ अलीले पहिलो पटक फरिदमाथि हात उठाएको देखियो र त्यसपछि उनले ब्याट पनि उठाए।

फरिद पनि पछि हटेनन् र उनले आसिफ अलीसँग आँखा जुधाउन थाले। मैदानमा उपस्थित अफगानिस्तानका खेलाडीले हस्तक्षेप गरेपछि आसिफ अली फर्किए।

पछि अन्तिम ओभरमा आएका नसिम शाहले लगातार दुई छक्का प्रहार गर्दै पाकिस्तानलाई जित दिलाए।

खेलपछिको पत्रकार सम्मेलनमा पाकिस्तानी खेलाडी शादाब खानलाई घटनाबारे सोधियो। उनले यस्ता कुरा मैदानमै समाप्त हुने प्रतिक्रिया दिए। साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लुम्बिनी फुटबल एकेडेमीले आयोजना गरेको लुम्बिनी, डोल्पो, यौङ स्टार मैत्रिपूर्ण फुटबल खेल घोराहीमा भव्य रुपमा सम्पन्न भएको छ। पोखरा स्थित योङ स्टार, काठमाडौं स्थित डोल्पो क्लब, घोराही स्थित लुम्बिनी फुटबल एकेडेमी बीच १३ वर्ष र १६ वर्ष मुनिका खेलाडीहरू बीच प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा विजयीहरूलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव […]

  दाङ । गत वर्षको तुलनामा यो वर्ष यहाँ धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । यस वर्ष एक लाख ७८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी पृथ्वीराज लामिछाका अनुसार यो वर्ष ३६ हजार एकसय आठ हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो । पर्याप्त […]

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको आयोजना तथा मातहत पोष्टहरुले बाँके जिल्लाका विभिन्न विद्यालय तथा महेन्द्र राजामर्ग ,हुलाकि राजमार्ग ,रत्न राजमार्गका विभिन्न स्थानहरुमा मानिसहरु भेला जम्मा गराई ट्राफिक सचेतना अन्तर्गत सवारी दुर्घटना न्यूनीकरणका लागी चालक ,सह-चालक, सर्वसाधारण, सडक प्रयोग कर्ता,विद्यार्थि, साईल यात्रीहरुलाई सवारी दुर्घटना बाट बच्ने उपायहरु , ट्राफिक नियमका बारेमा यस कार्यालय तथा […]

error: Content is protected !!