०६ बैशाख २०८१, बिहिबार
18-04-2024 , Thu
×

झगडा गरेका अली र फरिदलाई जरिवाना

Logo
प्रकाशित शुक्रबार, भाद्र २४, २०७९

पाकिस्तानका ब्याट्सम्यान आसिफ अली र अफगानिस्तानका बलर फरिद अहमदलाई आइसिसीको आचार संहिता उल्लघंन गरेको अभियोगमा कारबाही गरिएको छ।

एसिया कपअन्तर्गत बुधबार भएको पाकिस्तान र अफगानिस्तानबीचको खेलमा आइसिसीको आचार संहिताको लेभल १ उल्लघंन गरेको आरोपमा अली र फरीदलाई कारबाही गरिएको हो।

कारबाहीस्वरुप दुवैलाई म्याच शूल्कको २५ प्रतिशत जरिवाना गरिएको छ। दुवैले आफ्नो गल्ति स्विकार गरेको आइसिसीले जनाएको छ।क्रिकेट मैदानमा पाकिस्तान र अफगानिस्तान परम्परागत प्रतिद्वन्द्वी नभए पनि बुधबारको खेलमा यी दुई टोलीबीच तनाव भयो।

नसिम शाहको म्याच विनिङ सट प्रहारपछि मैदानमा आक्रामकता पनि देखिएको थियो।

खेलको क्रममा पाकिस्तानी क्रिकेटर आसिफ अली र अफगान बलर फरिद अहमद एक-अर्कासँग झगडामा उत्रिए। आसिफ अलीले फरिद अहमदमाथि ब्याट उठाएपछि दुई जनाबीच भनाभन भएको थियो।

बुधबार भएको खेलमा पहिले ब्याटिङ गरेको अफगानिस्तानले पाकिस्तानलाई १३० रनको लक्ष्य दिएको थियो।

यो स्कोर ठूलो थिएन तर पाकिस्तानी टोलीले यसलाई पछ्याउन निकै संघर्ष गर्नुपरेको थियो। १८ औं ओभरसम्म पाकिस्तानको जितको बाटो कठिन थियो।

१९ औं ओभरको चौंथो बलमा पाकिस्तानी खेलाडी आसिफ अलीले फरिद अहमदको बलिङमा उत्कृष्ट छक्का प्रहार गरे। जसका कारण पाकिस्तानको जितको आधार तय भएको थियो।

अर्को बलमा उनी आउट भए र पाकिस्तानी टोलीमाथि हारको दबाब बढ्यो।

पेभिलियन फर्कनुअघि फरिद र आसिफबीच भनाभन भयो। पहिले फरिदले केही कुरा भने, उनको  कुरामा आसिफ अली रिसाए।

कुरा यति बढ्यो कि आसिफ अलीले पहिलो पटक फरिदमाथि हात उठाएको देखियो र त्यसपछि उनले ब्याट पनि उठाए।

फरिद पनि पछि हटेनन् र उनले आसिफ अलीसँग आँखा जुधाउन थाले। मैदानमा उपस्थित अफगानिस्तानका खेलाडीले हस्तक्षेप गरेपछि आसिफ अली फर्किए।

पछि अन्तिम ओभरमा आएका नसिम शाहले लगातार दुई छक्का प्रहार गर्दै पाकिस्तानलाई जित दिलाए।

खेलपछिको पत्रकार सम्मेलनमा पाकिस्तानी खेलाडी शादाब खानलाई घटनाबारे सोधियो। उनले यस्ता कुरा मैदानमै समाप्त हुने प्रतिक्रिया दिए। साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                काठमाडौँमा जारी एक दिवसीय क्रिकेटमा आज नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच अन्तिम खेल हुँदै छ । खेल बिहान साढे ९ […]

(एबिसि संचार ) नेपाल ‘ए’ टिमले आयरल्याण्डविरूद्धको टी-२० सिरिज अन्तर्गत आज दोस्रो खेल खेल्दैछ । खेल त्रिवि मैदान कीर्तिपुरमा दिउँसो १ बजे सुरू हुनेछ । बिहीबार वर्षाका कारण खेल रद्द भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले खेल तालिका परिमार्जन गरेको थियो । सो अनुसार शुक्रबार टी–२० सिरिजको पहिलो खेल भएको थियो । पहिलो खेलमा नेपाल ‘ए’ […]

(एबिसि संचार ) वर्षाका कारण बिहीबार रद्द भएको आयरल्याण्ड ए र नेपाल ‘ए’ बीचको टी–२० क्रिकेट आज हुँदैछ । बिहीबार दिउँसो १ बजेका लागि तय भएको टी–२० सिरिजको पहिलो खेल वर्षाका कारण रोकिएको थियो । बिहीबार नेपाल क्रिकेट संघ (क्यान)ले खेल रद्द गर्दै पुनः खेलतालिका सार्वजनिक गरेको थियो । आजको खेल पनि त्रिवि मैदानमा दिउँसो […]