२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

२५ वर्षपछि टेकुको फोहोर स्टेसन सफा

Logo
प्रकाशित शुक्रबार, भाद्र २४, २०७९

(ABC Sanchar)                                                    साढे दुई दशकदेखि काठमाडौंमा फोहोरको समस्या रहँदै आएको छ । कतिसम्म भने कहिलेकाहीँ त महिनौं दिनसम्म पनि सडक, चोक, गल्लीका फोहोर उठ्दैनन् ।गत चैतयता काठमाडौंमा पटक पटक फोहोर उठ्न सकेन । सिसडोल ल्यान्डफिल साइट र बञ्चरेडाँडा ल्यान्डफिल साइटमा स्थानीयले फोहोर व्यवस्थापन गर्न अवरोध गरेपछि काठमाडौंमा फोहोर थुप्रिएको थियो । त्यसमा पनि टेकुस्थित ट्रान्सफर स्टेसनमा विगत साढे दुई दशकदेखि फोहोर थुप्रिँदै आएको थियो । फोहोरका कारण टेकु वरिपरि हिँड्नसमेत सकिन्नथ्यो । तर, केही दिनयता टेकुको फोहोर सबै उठेको छ । फोहोरका रास सबै व्यवस्थापन भइसकेको छ । काठमाडौं महानगरपालिकाले स्रोतबाटै कुहिने र नकुहिने फोहोर छुट्याउन अनुरोध गरेसँगै अहिले फोहोर व्यवस्थापनमा सहज हुँदैछ । त्यसमा पनि महानगर प्रमुख बालेन्द्र साह बालेनले फोहोर व्यवस्थापनमा निजी क्षेत्रलाई पनि गुहारेपछि अहिले टेकुसहित काठमाडौंका सडकमा फोहोर देखिन छाडेको छ ।साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

दाङ । नेकपा (एमाले) दाङले घोराही उपमहानगरपालिकाका एक जना वडाध्यक्षलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको छ। घोराही– ४ का वडाध्यक्ष मधुसुदन घिमिरे (मुनाल) घिमिरेलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको दाङ प्रचार विभाग प्रमुख संगीत बस्यालले जानकारी दिए। चैत २३ गते घोराहीमा बसेको एमाले जिल्ला कमिटीको बैठकले पार्टीका महासचिव तथा दाङ […]

एजेन्सी । इजरायलका रक्षामन्त्री इजरायल काट्जले लेबननमा आफूहरूले गरेको आक्रमण हेजबुल्लाहका लागि ठुलो प्रहार भएको बताए। बीबीसीका अनुसार उनलेे भने, ‘यदि इरानले इजरायलमा आक्रमण गरेमा कडा जवाफ दिन इजरायली रक्षा बल (आईडीएफ) पूर्ण रूपमा तयार छ।’ रक्षामन्त्री इजरायल काट्जले बुधबार लेबननमा गरिएको हमलामा २०० भन्दा बढी व्यक्ति मारिएको बताएका छन्। उनले ती व्यक्तिहरूलाई आतंकवादी भएको आरोप लगाएका छन्।

error: Content is protected !!