२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

दाङको भालुवाङमा सरसफाइ अभियान फोहोर नफाल्न अनुरोध गर्दै सरसफाइ सुरु

Logo
प्रकाशित शनिबार, भाद्र २५, २०७९


(ABC-Sanchar)
दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानीको प्रवेशद्धार भालुवाङ बजार सँगै राप्तीका अन्य बजारहरु पनि फोहोरको डंगुरले दुर्गन्धित हुन थालेपछि राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र उपाध्यक्ष कमलापती चौधरी सहितको टोलीले शनिवार देखि राप्ती सरसफाई महाअभियानमा जुटेका छन् । स्थानीय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि पहिलो पटक अध्यक्ष, उपाध्यक्ष सहितका जनप्रतिनिधीहरु यसरी सरसफाई अभियानमा जुटेका हुन् ।

फोहोर व्यवस्थापनका लागि उचित ठाउँ नहुँदा अघिल्लो स्थानीय सरकारले फोहोर व्यवस्थापन गर्न सकेको थिए । कयौं पटक सरोकारवाला निकाय, सर्वदलीय सर्वपक्षीय बैठक, वनका अध्यक्षहरु सँग पनि बैठक नबसेको होइन तर सरसफाईमा कसैले चाँसो नखाएपछि फोहोर व्यवस्थापन हुन सकेको थिए । अहिले नयाँ जनप्रतिनिधी पाएपछि राप्ती गाउँपालिकाले वडा नम्बर ४ को मौरीघाटमा फोहोर व्यवस्थापनका लागि जग्गा लिजमा लिएर ठाउँ समेत निमार्ण हुन थालेको छ । यसै क्रममा हप्ताको १ दिन २ घण्टा मेरो पालिकाको लागि स्वंमसेवा भन्ने मुल नाराका साथ शनिवार देखि साप्ताहिक रुपमा राप्ती सरसफाई अभियान सुरु भएको छ । अव प्रत्येक हप्ताको शनिवार राप्ती गाउँपालिको राजमार्ग र बजार क्षेत्र सरसफाई गरिने राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिएका छन् ।

आशाका किरण संस्थाको आयोजना र राप्ती गाउँपालिकाको सहयोग तथा समन्वयमा कार्यक्रम सुरु गरिएको छ । गत भदौ २१ गते देखि सरसफाई सचेतना कार्यक्रम सञ्चालन भइरहेका बेला सरसफाई महाअभियान पनि सँगसँगै सञ्चालन गरिएको छ । कार्यक्रमको सुभारम्भ गर्दै गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले राप्ती पुलबाट सुरु गरेको सरसफाई महाअभियान पश्चिममा सिंगे खोला सम्म गएर अन्त्य हुने बताएका छन् । साथै उनले सरसफाई कार्यक्रम स्थानीय सरकार, प्रहरी वा संघ संस्थाले सधैभरि गरिदिने कार्यक्रम नभई भालुवाङबासी नागरिकहरुलाई सचेत बनाउन कार्यक्रम गरेको बताए ।

साथै उनले व्यापारीहरुलाई पसल अगाडी गल्ने र नगल्ने फोहोर फाल्ने डस्वीनमा मात्र फोहोर फाल्न र राप्ती नदीमा फोहोर नफाल्न समेत सुझाव दिएका छन् । संकलित फोहोरलाई गाउँपालिकाको टयाक्टरले उठाउने र यति हुँदा हुँदै पनि कसैले जथाभावी फोहोर फाल्छ भने संविधानमै उल्लेखित दण्ड सजाय तथा जरिवाना गर्न गाउँपालिका बाध्य हुने अध्यक्ष विष्टले चेतावनी समेत दिएका छन् । त्यस्तै उनले अव्यवस्थित ढेला तथा पसलहरु हटाउनका लागि ३५ दिने सुचना समेत निकाल्ने तयारी गरेको बताए । त्यस्तै उपाध्यक्ष कमलापती चौधरीले स्वास्थ्यका लागि सरसफाई अति आवश्यक रहेकाले सरसफाई आफैबाट सुरु गर्न आग्रह गरेका छिन् । विभिन्न रोगहरुबाट बच्न समेत सरसफाई आवश्यक रहेकोले राप्तीबासीलाई सरसफाई महाअभियानमा लाग्न आग्रह समेत गरेकी छिन् ।

सो अवसरमा राप्ती गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष गेमबहादुर खड्का, ससत्र प्रहरी बल २९ नम्बर हेडक्वाटर ज्वालामाईगण भालुवाङका प्रहरी नायव उपनिरिक्षक कर्णबहादुर बुढा, इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक सुजनविक्रम शाह लगायतका वक्ताहरुले आ– आफ्नो भनाई राखेका थिए । कार्यक्रमको सञ्चालन आशाका किरण संस्थाका अध्यक्ष अशोक बेल्वासेले गरेका थिए ।

कार्यक्रममा राप्ती गाउँपालिकाका जनप्रतिनिधी तथा कर्मचारी, पुर्व जनप्रतिनिधी, आशाका किरण संस्थाका पदाधिकारी, नेपाल प्रहरी, ससत्र प्रहरी, विभिन्न संघ संस्थाका प्रमुख, शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था, राप्ती उद्योग वाणिज्य संघ, भालुवाङ होटल व्यवसायी समिति, विद्यार्थी, खेलाडी, सञ्चारकर्मी तथा समाजिक अभियान्ताहरुको सहभागिता रहेको थियो ।

सके सफा गरौं नसके फोहोर नगरौं, सार्वजनिक यातायातको साधानमा डस्वीन राखौं बाहिर फोहोर नफालौं र आफ्नो पसल अगाडी जथाभावी फोहोर नफालौ, डस्वीनमा मात्र फोहोर फालौं भन्दै संदेशमुलक माइकिङ समेत भइरहेको आशाका किरण संस्थाका अध्यक्ष अशोक बेल्वासेले जानकारी दिएका छन् । राप्तीका मुख्य बजारहरु भालुवाङ, पाखापानी, लालमटिया, मौरीघाट, पिपरी, सिसहनियाँ, पत्थरगढवा चौबाटो बजार सँगै राप्ती नदी र लमही–भालुवाङ सडक खण्ड छेउछाउ दुर्गन्धित बन्दै गएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

दाङ । नेकपा (एमाले) दाङले घोराही उपमहानगरपालिकाका एक जना वडाध्यक्षलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको छ। घोराही– ४ का वडाध्यक्ष मधुसुदन घिमिरे (मुनाल) घिमिरेलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको दाङ प्रचार विभाग प्रमुख संगीत बस्यालले जानकारी दिए। चैत २३ गते घोराहीमा बसेको एमाले जिल्ला कमिटीको बैठकले पार्टीका महासचिव तथा दाङ […]

एजेन्सी । इजरायलका रक्षामन्त्री इजरायल काट्जले लेबननमा आफूहरूले गरेको आक्रमण हेजबुल्लाहका लागि ठुलो प्रहार भएको बताए। बीबीसीका अनुसार उनलेे भने, ‘यदि इरानले इजरायलमा आक्रमण गरेमा कडा जवाफ दिन इजरायली रक्षा बल (आईडीएफ) पूर्ण रूपमा तयार छ।’ रक्षामन्त्री इजरायल काट्जले बुधबार लेबननमा गरिएको हमलामा २०० भन्दा बढी व्यक्ति मारिएको बताएका छन्। उनले ती व्यक्तिहरूलाई आतंकवादी भएको आरोप लगाएका छन्।

error: Content is protected !!