२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

राष्ट्रपतिले नागरिकता विधेयक रोकेको भन्दै नेविसंघ विरोधमा प्रहरीसंग झडप

Logo
प्रकाशित आइतबार, भाद्र २६, २०७९


(ABC-Sanchar)
काठमाडौं । नागरिकता विधेयक प्रमाणी करणमा ढिला गरेको भन्दै राष्ट्रपति विद्या भण्डारीविरुद्ध नेपाली कांग्रेसनिकट विद्यार्थी संगठनले प्रदर्शन गरेको छ । नेविसंघले आज बिहान त्रिचन्द्र क्याम्पसअगाडि राष्ट्रपति विद्यादेवि भण्डारीको पुत्ला दहनको प्रयास पनि गरेको थियो ।

विद्यार्थीले राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । उनीहरूले प्रहरीमाथि ढुंगामुढा समेत गरेका थिए ।

प्रहरीले बल प्रयोग गरेर विद्यार्थीलाई तितरबितर पार्ने क्रममा ठाउँठाउँमा झडप पनि भएको थियो । विद्यार्थीको प्रदर्शनपछि सवारीसाधनको आवागमन रोकिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]