२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

राष्ट्रिय अनुसन्धानका ५ जना डिआइजीको बढुवा २ जनाको सरुवा नामसहित

Logo
प्रकाशित आइतबार, भाद्र २६, २०७९

ABC (क्राईमबिट)
काठमाडौैं । राष्ट्रिय अनुसन्धान विभाग गुप्तचरमा पाँच जना डिआइजीमा बढुवा भएका छन् । ओम खड्का, कृष्ण खनाल, रामप्रसाद दाहाल, प्रजेशसिंह हमाल र भिम बहादुर बुढाथोकीको डिआइजी सरहको अनुसन्धान निर्देशक पदमा बढुवा भएको हो ।

बढुवासँगै चार जनाले प्रदेश कार्यालय प्रमुखको जिम्मेवारी पाएाक छन् । खड्कालाई सुदुरपश्चिम खनाललाई प्रदेश नम्बर १, दाहाललाई कर्णाली तथा हमाललाई प्रदेश नम्बर २ को जिम्मेवारी दिइएको छ । बुढाथोकीको भने प्रधान कार्यालयमै पदस्थापन भएको छ ।

त्यस्तै, दुई डिआइजीको सरुवा पनि भएको छ । प्रदेश नम्बर १ मा कार्यरत प्रकाश पाण्डेको बागमति तथा सुदुरपश्चिममा कार्यरत मधु कार्कीको गण्डकीमा सरुवा भएको छ ।

डिआइजी बढुवासँगै गुप्तचरमा लामो समयदेखि रोकिएको बढुवाको जाम खुलेको छ । तल्लो तहमा भने विभागमा नयाँ प्रमुख नियुक्ति भएपछि मात्र बढुवा हुने सम्भावना छ । हालका प्रमुख यदुलाल खरेलले मंगलबारदेखि अवकाश पाउँदैछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

दाङ । नेकपा (एमाले) दाङले घोराही उपमहानगरपालिकाका एक जना वडाध्यक्षलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको छ। घोराही– ४ का वडाध्यक्ष मधुसुदन घिमिरे (मुनाल) घिमिरेलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको दाङ प्रचार विभाग प्रमुख संगीत बस्यालले जानकारी दिए। चैत २३ गते घोराहीमा बसेको एमाले जिल्ला कमिटीको बैठकले पार्टीका महासचिव तथा दाङ […]

एजेन्सी । इजरायलका रक्षामन्त्री इजरायल काट्जले लेबननमा आफूहरूले गरेको आक्रमण हेजबुल्लाहका लागि ठुलो प्रहार भएको बताए। बीबीसीका अनुसार उनलेे भने, ‘यदि इरानले इजरायलमा आक्रमण गरेमा कडा जवाफ दिन इजरायली रक्षा बल (आईडीएफ) पूर्ण रूपमा तयार छ।’ रक्षामन्त्री इजरायल काट्जले बुधबार लेबननमा गरिएको हमलामा २०० भन्दा बढी व्यक्ति मारिएको बताएका छन्। उनले ती व्यक्तिहरूलाई आतंकवादी भएको आरोप लगाएका छन्।

error: Content is protected !!