२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

पत्रकारका परिवारको अब निःशुल्क आँखा चेकजाँच हुने

Logo
प्रकाशित सोमबार, भाद्र २७, २०७९

(ABC Sanchar)                                                 पत्रकार र आश्रित परिवारको अब निःशुल्क रुपमा आँखाको चेकजाँच हुने भएको छ । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेश समिति र एएसजी आई केयर एण्ड हेल्थ सर्भिसेज प्रालिबीच सोमबार पत्रकार र पत्रकारको परिवारको निःशुल्क आँखा चेकजाँच गर्ने सम्बन्धमा समझदारी भएको छ ।उपत्यका प्रदेशको अनामनगरस्थित कार्यालयमा सोमबार एक कार्यक्रमकाबीच सम्झौता पत्र (एमओयू) मा हस्ताक्षर भएको हो । एमओयू हस्ताक्षर कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रोशन पुरीले दुई निकायबीचको समझदारीले अब पत्रकार तथा सञ्चारकर्मी र तिनका आश्रित परिवारले सजिलैसँग आँखाको चेकजाँच गराउन सजिलो भएको बताए । सम्झौताअनुसार पत्रकारहरुको दृष्टि बचाउने उद्देश्य राखेर उपत्यका प्रदेशको समन्वयमा नियमित रुपमा आई क्याम्प लगायतका कार्यक्रम पनि सञ्चालन गरिनेछ ।  ‘पत्रकारहरुको दृष्टि बचाउ अभियान’ अन्तर्गत उपत्यका प्रदेश समितिको सिफारिसमा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीका साथै उनीहरुका परिवारले समेत निःशुल्क रुपमा उक्त सुविधा पाउने छन् ।

पत्रकारहरुको दृष्टि बचाउ अभियान कार्यक्रमलाई देशभर नै पुर्याउनुपर्ने पुरीको भनाई छ । उपत्यका प्रदेशका अध्यक्ष श्रीजन झाले अस्पतालसँगको सहकार्यमा अब नियमित रुपमा आई क्याम्पहरू जस्ता कार्यक्रमहरु सञ्चालन गरिने जानकारी दिए । यस अभियानलाई अन्य प्रदेशहरूसँग पनि समन्वय गरेर विस्तार गर्दै लैजाने उनको भनाई छ ।

अस्पतालका कर्पोरेट म्यानेजर राजीव झाले पत्रकार तथा उनीहरुका परिवारले निःशुल्क आँखाको चेकजाँच तथा निःशुल्क ओपिडी सेवा लिन सक्ने जानकारी दिए । उनका अनुसार पत्रकार तथा उनका परिवारका सदस्यहरुलाई पनि  सर्जरी लगायत सेवामा भने १५ प्रतिशतसम्म छुट दिनेछ ।प्रदेश महासचिव टेनिस रोकाले अभियानले पत्रकारहरुलाई आँखाको चेकजाँच तथा सुरक्षामा सहयोग पुग्ने अपेक्षा व्यक्त गरे ।  एएसजी आँखा अस्पताल नेपाल, भारत र अफ्रिकाको युगान्डामा कार्यालय रहेको अस्पताल हो । साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

दाङ । नेकपा (एमाले) दाङले घोराही उपमहानगरपालिकाका एक जना वडाध्यक्षलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको छ। घोराही– ४ का वडाध्यक्ष मधुसुदन घिमिरे (मुनाल) घिमिरेलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको दाङ प्रचार विभाग प्रमुख संगीत बस्यालले जानकारी दिए। चैत २३ गते घोराहीमा बसेको एमाले जिल्ला कमिटीको बैठकले पार्टीका महासचिव तथा दाङ […]

एजेन्सी । इजरायलका रक्षामन्त्री इजरायल काट्जले लेबननमा आफूहरूले गरेको आक्रमण हेजबुल्लाहका लागि ठुलो प्रहार भएको बताए। बीबीसीका अनुसार उनलेे भने, ‘यदि इरानले इजरायलमा आक्रमण गरेमा कडा जवाफ दिन इजरायली रक्षा बल (आईडीएफ) पूर्ण रूपमा तयार छ।’ रक्षामन्त्री इजरायल काट्जले बुधबार लेबननमा गरिएको हमलामा २०० भन्दा बढी व्यक्ति मारिएको बताएका छन्। उनले ती व्यक्तिहरूलाई आतंकवादी भएको आरोप लगाएका छन्।

error: Content is protected !!