२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

विद्यार्थी ट्राफिक प्रहरीको कारबाहीमा

Logo
प्रकाशित सोमबार, भाद्र २७, २०७९

(ABC Sanchar)                                                  स्कुल-कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अन्तरगत आज २३ जना विद्यार्थी चालकहरूलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा आज बिहान गरिएको चेकिङमा कागजपत्र साथमा नभएका २१ जना र  सवारी चालक अनुमति पत्र प्राप्त नगरेका २ जना गरी २३ जना विद्यार्थी चालक कारबाहीमा परेका हुन् ।त्यस्तै चेकिङको क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने अन्य २ सय ६४ ओटा सवारी साधनका चालक पनि कारबाहीमा परेका छन् । जसअन्तर्गत बिहानै मापसे गरी पर्यटक बोक्ने माईक्रोबस चलाउने चालक १ जना र मोटरसाइकल चलाउने २ जना पनि कारबाहीमा परेको प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

दाङ । नेकपा (एमाले) दाङले घोराही उपमहानगरपालिकाका एक जना वडाध्यक्षलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको छ। घोराही– ४ का वडाध्यक्ष मधुसुदन घिमिरे (मुनाल) घिमिरेलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको दाङ प्रचार विभाग प्रमुख संगीत बस्यालले जानकारी दिए। चैत २३ गते घोराहीमा बसेको एमाले जिल्ला कमिटीको बैठकले पार्टीका महासचिव तथा दाङ […]

एजेन्सी । इजरायलका रक्षामन्त्री इजरायल काट्जले लेबननमा आफूहरूले गरेको आक्रमण हेजबुल्लाहका लागि ठुलो प्रहार भएको बताए। बीबीसीका अनुसार उनलेे भने, ‘यदि इरानले इजरायलमा आक्रमण गरेमा कडा जवाफ दिन इजरायली रक्षा बल (आईडीएफ) पूर्ण रूपमा तयार छ।’ रक्षामन्त्री इजरायल काट्जले बुधबार लेबननमा गरिएको हमलामा २०० भन्दा बढी व्यक्ति मारिएको बताएका छन्। उनले ती व्यक्तिहरूलाई आतंकवादी भएको आरोप लगाएका छन्।

error: Content is protected !!