०७ बैशाख २०८१, शुक्रबार
19-04-2024 , Fri
×

नेपाललाई पहिलो हाफमा ४-० गोलको अग्रता

Logo
प्रकाशित सोमबार, भाद्र २७, २०७९

(ABC Sanchar)                                                    रश्मी घिसिङ, सरु लिम्बू, अमृता जैशी र दिपा शाहीको गोलमा नेपालले साफ महिला  च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलको पहिलो हाफ सकिँदा श्रीलंकाविरुद्ध ४-० गोलको अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको १०औं मिनेटमा रश्मीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । उनले हिरा कुमारी भुजेलको पासमा गोल गरेकी हुन् । त्यसको एक मिनेटपछि सरुले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन । उनले पुनम जर्घा मगरको पासमा गोल गरेकी हुन् ।नेपालले १७ औं मिनेटमा अमृताले गोल गर्दै नेपाललाई ३(० को दिलाइन । पहिलो हाफको इन्ज्युरी समयमा दिपा शाहीले गोल गर्दा नेपालले पहिलो हाफमा ४(० गोलको अग्रता दिलायो । नेपाल आजको खेलमा सहज जित निकाल्दै समूह विजेता भएर फाइनलमा पुग्ने योजनामा छ । यता श्रीलंका पनि प्रतियोगितामा पहिलो जित निकाल्ने योजनामा छ ।साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                काठमाडौँमा जारी एक दिवसीय क्रिकेटमा आज नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच अन्तिम खेल हुँदै छ । खेल बिहान साढे ९ […]

(एबिसि संचार ) नेपाल ‘ए’ टिमले आयरल्याण्डविरूद्धको टी-२० सिरिज अन्तर्गत आज दोस्रो खेल खेल्दैछ । खेल त्रिवि मैदान कीर्तिपुरमा दिउँसो १ बजे सुरू हुनेछ । बिहीबार वर्षाका कारण खेल रद्द भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले खेल तालिका परिमार्जन गरेको थियो । सो अनुसार शुक्रबार टी–२० सिरिजको पहिलो खेल भएको थियो । पहिलो खेलमा नेपाल ‘ए’ […]

(एबिसि संचार ) वर्षाका कारण बिहीबार रद्द भएको आयरल्याण्ड ए र नेपाल ‘ए’ बीचको टी–२० क्रिकेट आज हुँदैछ । बिहीबार दिउँसो १ बजेका लागि तय भएको टी–२० सिरिजको पहिलो खेल वर्षाका कारण रोकिएको थियो । बिहीबार नेपाल क्रिकेट संघ (क्यान)ले खेल रद्द गर्दै पुनः खेलतालिका सार्वजनिक गरेको थियो । आजको खेल पनि त्रिवि मैदानमा दिउँसो […]