२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

गस्ती गर्न नेपाल प्रहरीलाई विद्युतीय अटो टेम्पो पनि गुड्ने

Logo
प्रकाशित मंगलबार, भाद्र २८, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । इटहरी उपमहानगरपालिका ६ स्थित बजाज शोरुमले १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरलाई विद्युतीय गाडी हस्तान्तरण गरेको छ ।

समुदाय-प्रहरी साझेदारी कार्यक्रमको अवधारणा अनुरूप शुक्रबार आयोजित एक कार्यक्रमबीच बजाज शोरुमका प्रबन्धक प्रदिप सन्थालियाले १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक सुदीप गिरिलाई हस्तान्तरण गरे ।

प्रहरी नायब महानिरीक्षक गिरिले ९ सिट क्षमता भएको उक्त विद्युतीय अटो टेम्पो विशेषगरी आत्महत्या रोकथाम तथा न्यूनिकरण अभियान एवम् प्रहरी गस्ती पेट्रोलिङको लागि परिचालन हुने बताए ।

बजाज शोरुमका प्रबन्धक सन्थालियाले प्रहरी नागरिकको निम्ति अहोरात्र खटिइरहेको उल्लेख गर्दै आगामी दिनमा समेत प्रहरीलाई आवश्यक सहयोग गर्दै जाने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

दाङ । नेकपा (एमाले) दाङले घोराही उपमहानगरपालिकाका एक जना वडाध्यक्षलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको छ। घोराही– ४ का वडाध्यक्ष मधुसुदन घिमिरे (मुनाल) घिमिरेलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको दाङ प्रचार विभाग प्रमुख संगीत बस्यालले जानकारी दिए। चैत २३ गते घोराहीमा बसेको एमाले जिल्ला कमिटीको बैठकले पार्टीका महासचिव तथा दाङ […]

एजेन्सी । इजरायलका रक्षामन्त्री इजरायल काट्जले लेबननमा आफूहरूले गरेको आक्रमण हेजबुल्लाहका लागि ठुलो प्रहार भएको बताए। बीबीसीका अनुसार उनलेे भने, ‘यदि इरानले इजरायलमा आक्रमण गरेमा कडा जवाफ दिन इजरायली रक्षा बल (आईडीएफ) पूर्ण रूपमा तयार छ।’ रक्षामन्त्री इजरायल काट्जले बुधबार लेबननमा गरिएको हमलामा २०० भन्दा बढी व्यक्ति मारिएको बताएका छन्। उनले ती व्यक्तिहरूलाई आतंकवादी भएको आरोप लगाएका छन्।

error: Content is protected !!