२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

चिनियाँ भीआइपीको विरोध गर्ने शान्तिनगरबाट एकजना पक्राउ

Logo
प्रकाशित मंगलबार, भाद्र २८, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । चिनियाँ जनकंग्रेस अध्यक्ष लि चान्सुको भ्रमणको अवधिमा विरोध जनाउन सक्ने आशंकामा प्रहरीले एकजना पक्राउ गरेको छ । शान्तिनगर स्थित नगेन्द्रकान्छा चोकबाट बारा घर भएका विनय यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

राष्ट्रिय एकता अभियानका अध्यक्ष रहेका यादवले चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) स्थायी समितिको राष्ट्रिय जनकंग्रेस अध्यक्ष ली चान्सु सँगको भेटघाट पारदर्शी बनाउन माग गरेका थिए । लि आउनुअघि नै विज्ञप्ती जारी गरेर भेट पारदर्शी नभएर विरोध गर्ने चेतावनी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेर थुनामा राखेको छ ।

उनलाई अभद्र व्यवहार मुद्दामा म्याद थपेर प्रहरी वृत बानेश्वरको हिरासतमा राखिएको एकजना प्रहरी अधिकृतले रातोपाटीलाई बताए । राष्ट्रिय एकता अभियानकी उपाध्यक्ष सुनिता शाहले बिनयलाई बिनाशर्त रिहा गर्न माग गरेकी छिन् । सोमबार नेपाल आएका लि उच्चस्तरीय राजनीतिक भेटवार्तामा व्यस्त छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।