२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

इन्धन ढुवानी भाडा दर वृद्धिको प्रस्ताव मुख्यसचिवद्वारा फिर्ता हडताललाई थप कडा पार्ने घोषणा

Logo
प्रकाशित बुधबार, भाद्र २९, २०७९

(ABC-Sanchar)

काठमाडौँ । वार्षिक ४४ करोड व्यवभार थपिने गरी इन्धनको ढुवानी भाडा दर वृद्धि गरिने प्रस्ताव मन्त्रिपरिषद्मा लैजान मुख्यसचिव शंकरदास वैरागीले अस्वीकार गरेका छन् ।

 

आयल निगम सञ्चालक समितिको तर्फबाट तत्कालीन वाणिज्य तथा आपूर्ति सचिव डा। गणेश पाण्डेले मन्त्रिपरिषद्मा पेस गर्ने गरी ढुवानी भाडा दर वृद्धिको फाइल पेस गरेकोमा मुख्यसचिव वैरागीले फिर्ता गरिदिएका हुन् ।

 

 

सञ्चालक समितिबाटै हुनुपर्ने निर्णयमा मन्त्रिपरिषद्लाई बोझ थप्न नहुने भन्दै मुख्य सचिवले फाइल फर्काइदिएको स्रोतको भनाइ छ । फाइल फिर्ता गरिदिएपछि इन्धन ढुवानी व्यवसायीहरूले भाडा दर वृद्धिको माग पूरा गराउन हडताललाई थप कडा पार्ने घोषणा गरेका छन् ।

 

पेट्रोलियम ट्याङ्कर ढुवानी व्यवसायी महासङ्घका महासचिव विश्व अर्यालले सञ्चालक समितिमा लामो समय ढुवानी भाडा दर वृद्धिको फाइल अड्काएर राखिएको र त्यहाँबाट पनि निर्णय नभएपछि मन्त्रिपरिषद्बाट माग पूरा गर्ने आश्वासन पाएको बताए । ‘तर, निर्णय कतैबाट नहुने स्थिति आएपछि माग पूरा गराउन हडताललाई थप सशक्त बनाउने निर्णयमा पुगेका छौँ,’ उनले भने ।

 

पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले आफू मातहतका विभिन्न कमिटीलाई लिखित पत्राचार गरी बिहीबारदेखि निगमको मधेस प्रादेशिक कार्यालय, अमलेखगन्जबाट डिजेल लिएर विभिन्न डिपोमा जाने ट्याङ्कर थन्क्याउने र १ असोजदेखि देशभर आपूर्ति ठप्प पार्नुपर्ने निर्देशन दिएको छ ।

 

निगम व्यवस्थापनले व्यवसायीको हडताल सुरु हुनुअघि सञ्चालक समिति बैठकबाट ढुवानी भाडा दर वृद्धि गरी लागू गर्ने आश्वासन दिएको थियो । निगमले गत आर्थिक वर्ष ०७८/७९ मा इन्धन ढुवानी भाडाबापत व्यवसायीलाई पाँच अर्ब ८३ करोड रुपैयाँ भुक्तानी दिएको थियो । यसमा वार्षिक ४४ करोड रुपैयाँ थप व्ययभार बढ्ने गरी भाडा दर वृद्धि गर्न निगमले सञ्चालक समितिमा प्रस्ताव पेस गरेको थियो ।

 

व्यवसायीले १ असोजबाट देशभर आपूर्ति ठप्प पार्ने गरी हडतालको घोषणा गरेपछि आयल निगमले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिई वार्ताबाट समस्याको समाधान खोज्न आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]