२५ भाद्र २०८१, मंगलबार
10-09-2024 , Tue
×

काभ्रेमा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु

Logo
प्रकाशित बिहिबार, भाद्र ३०, २०७९


(ABC-Sanchar)
काभ्रे । बेथानचोक गाउँपालिकामा गए राती खसेको पहिरोमा परि एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।

काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर–४ चलालमा गए राती परेको वर्षाका कारण खसेको पहिरोले एक घर पुरिँदा उनीहरूको मृत्यु भएको हो ।

 

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आज बिहान ३ बजेर ३० मिनेट जाँदाको समयमा बेथानचोक गाउँपालिका वडा नम्बर–४ स्थित ढुङ्गा खानी नजिकै पहिरो खसेको थियो ।

उक्त पहिरोले घर पुरिँदा सो घरमा सुतिरहेका ६५ वर्षीया ठुली माया तामाङ, छोरा ४४ वर्षीय निरबहादुर तामाङ र छोरी ४० वर्षीया सावित्री तामाङको मृत्यु भएको हो ।

निर बहादुर र सावित्रीको घटना स्थलमा नै मृत्यु भएको थियो भने ठुलीमायाको उपचारका क्रममा मृत्यु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । कोहलपुर नगरपालिका १० वडा अध्यक्ष गौरा कुमारी अधिकारीले स्थानीय लिला भुसालले पाँच वटा समीका बिरुवा काटिदिएको बताइन् । उनका अनुसार भुसाल फरार छन् र उनका भाइले दाजुलाई नगरपालिकामा उपस्थित गराउने बाचा गरेका छन् । ‘१०–१२ वर्ष लगाएर हुर्काएका समीका बिरुवा कस्तो राम्रोसँग हुर्किएर झ्याङ्ग परेका थिए । पाँचटा बिरुवा काटेर सोत्तर बनाइदिएका […]

काठमाडौं । नेपाल सरकार, गृह मन्त्रालय माननीय गृहमन्त्रीस्तरको मिति २०८१/०५/१७ गतेको निर्णयानुसार तालुक केन्द्रिय अनुसन्धान व्युरो लाजिम्पाटबाट यस कार्यालयमा कार्यालय प्रमुखको रुपमा काज सरुवा भई आउनु भएका श्रद्देय श्रीमान प्रहरी नायव महानिरीक्षक किरण राणालाई आज एक कार्यक्रमका विच यस कार्यालयमा स्वागत गरिएको । सोही अवसरमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई कार्यालय प्रमुखले आवश्यक निर्देशन सम्बोधन […]

दाङ । भालुवाङ लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा एउटा अर्को नयाँ दलको घोषणा गरिएको छ । अहिलेसम्म सत्तामा आसिन दलहरूबाट असन्तुष्ट बनेका र विशेषगरी नेपाली कम्युनिष्ट आन्दोलनमा देखापरेका अनेकौं त्रुटिहरुलाई सच्याएर नेपाल कम्युनिष्ट पार्टी बामपंथी केन्द्र गठन गरेको घोषणा कार्यक्रममा बताइएको छ । दाङको देउखुरीमा राप्ती उपत्यका अन्तरगत राप्ती गाउँपालिका वडा नम्बर १, स्थित राप्ती उद्योग […]

error: Content is protected !!