०८ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

लुम्बिनी प्रदेशमा कर्मचारी अभावका बिच काम गर्नुपर्ने अवस्थामा बेरुजु बढ्यो : मुख्यमन्त्री

Logo
प्रकाशित आइतबार, आश्विन ०२, २०७९

(ABC-Sanchar)
बुटवल । लुम्बिनी प्रदेश सरकारको बजेट खर्चमा करिव अढाई अर्ब रकम बेरुजु देखिएको छ ।

बेरुजु बढेपछि प्रदेश सभाको सार्वजनिक लेखा समितिले चासो देखाएको छ । सरकारी खर्चको बेरुजु रकम बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै लुम्बिनी प्रदेश सभाको सार्वजनिक लेखा समितिले बेरुजु घटाउन र फर्स्यौट बढाउन प्रदेश सरकारलाई निर्देशन दिएको छ ।

महालेखाका अनुसार आर्थिक वर्ष २०७७/७८ मा लुम्बिनी प्रदेश सरकारको २ अर्ब ४४ करोड ४४ लाख ४५ हजार रुपैयाँ बेरुजु छ । त्यसमध्ये ११ करोड ७६ लाख ९१ हजार ५ सय ३९ असुल उपर गर्नुपर्ने रकम छ । यस्तै नियमित गर्नुपर्ने र प्रमाण पेस गर्नुपर्ने बेरुजु १ अर्ब करोड १३ करोड, ९५ लाख, ५७ हजार रुपैयाँ रहेको छ । ७८ करोड ७१ लाख ९७ हजार २६.५२ पेस्की फर्स्यौट गर्न बाँकी रहेको उल्लेख छ ।

प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशको संरचना नयाँ भएको र कर्मचारी अभावका बिच काम गर्नुपर्ने अवस्था रहेकोले बेरुजु बढेको आएको बताए । प्रमुख सचिव दीपक काफ्लेले प्रदेशको एकीकृत वित्तीय प्रणाली नबन्नु र अनुगमन एवं प्रगति मूल्याङ्कन प्रणाली कमजोर हुँदा बेरुजु देखिने र फर्स्यौटमा पनि समस्या हुने उल्लेख गरे ।

महालेखा परीक्षक टङ्कमणि शर्माले सार्वजनिक स्रोतसाधनको उपयोग खर्च, महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७७/०७८ ले देखाएका समस्याबारे प्रदेश सरकारलाई सुझावहरू पठाएको बताए ।

सार्वजनिक लेखा समितिका सभापति विष्णु पन्थीले बेरुजु बढ्नुले प्रदेश सरकारप्रति नै अविश्वास खडा भएका टिप्पणी गरे । खर्च प्रणाली सुधार्न उनले प्रदेश सकारलाई आग्रह गरे । बेरुजु घटाउन निर्देशन दिइएको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

काठमाडौं । निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन्। गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन्। केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएलगत्तै सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । तर, उनको राजीनामा पार्टीले सार्वजनिक गरेको […]

दाङबाट साजिदा सिद्धिकिसहित एमालेले छान्यो समानुपातिक सांसदहरु (सूचीसहित) काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसद टुङ्ग्याएको छ। आज बसेको सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुङ्गो लगाएको उपमहासचिव लेखराज भट्टले बताए। क्लस्टर अनुसार समानुपातिक सांसदको चयन गरेको बताए। एमालेले समानुपातिकबाट १६ सीट जितेको छ। जनजाति (४ जना) महिला : • भूमिका सुब्बा • गंगादेवी श्रेष्ठ पुरुष : […]

error: Content is protected !!